गण्डकीका मुख्यमन्त्रीले माओवादीका मन्त्री हटाए

Shreekrishna hardware

पोखरा, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) बाट बनेका दुई जना मन्त्रीलाई पदबाट हटाउनुभएको छ ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राख्नुभएको छ ।

Shreekrishna

संघीय सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँगको नयाँ गठबन्धन बनाएर नेपाली काँग्रेस सहितका मन्त्री हरु बनाएर सोमबार ३ सदस्यीय मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

केन्द्रिय राजनीतिक समिकरणको असर गण्डकीमा पनि परेको हो । मुख्ममन्त्रीले आफ्ना मन्त्रीहरुलाई हटाएपनि माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो ।

६० सदस्यीय गण्डकीमा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुख सहित ८, राप्रपाका २ र नेकपा एकिकृत समाजवादीमा रहेका स्वतन्त्र हैसियतमा जितेका १ जना सांसद छन् ।

नयाँ सरकार निर्माणमा राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गे निर्णायक हुने देखिएको छ । एमाले र माओवादी केन्द्रलाई सरकार गठन गर्न ३१ सिट पु¥याउन राप्रपाको साथ आवश्यक पर्छ । काँग्रेसलाई सरकार बनाउन राप्रपा र स्वतन्त्र सांसदको साथले पनि पुग्दैन् । प्रदेशमा राप्रपा सहितको सरकार बनाउन एमाले र माओवादी केन्द्रले केन्द्रिय निर्णय कुुरेर बसेका छन् ।

मन्त्री जुग्जाली र सिम्खडाले मङगलवारनै मुख्यमन्त्रीलाई आफुहरुले प्रयोग गर्दै आएको गाडीको चाबी बुुझाएर मन्त्रालयबाट बिदाई हुनुभएको छ । दश महिना मन्त्रालयको नेतृत्व सम्हाल्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुुभएको छ ।

म्याग्दी १(२) क्षेत्रबाट निर्वाचित प्रदेशसभा जुग्जालीले यातायात नियमावली जारी गरेर सार्वजनिक यातायात सेवाको सुधार, यातायात कार्यालयको सेवा प्रवाहमा सहजिकरण गर्न यातायात नियमावली जारी गर्न उल्लेख्य भूमिका खेल्नुभएको थियो । यसैगरी टुक्रे योजना कटौति गर्ने, अनुत्पादक मानिएको भवनको बजेट कटौति गर्ने, अधुरा र रुग्न आयोजना निर्माणलाई लयमा फर्काउन पहल गर्नुभएको थियो । म्याग्दी जिल्लामा दुरगामी र रणनीतिक सडक तथा मोटरेबेल पुुल निर्माणका लागि बजेट बिनियोजन भएर कार्यान्वयन थालिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...