सुविन श्रेष्ठको अध्यक्षतामा म्याग्दी उद्योग वाणिज्य संघको सर्वसम्मत कार्यसमिति चयन

khali

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशनबाट सुुविन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

बेनीमा आइतबार राती सम्पन्न संघको अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व, पदाधीकारी र सदस्य सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठले यसअघि संघको प्रथम र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

बरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, दृतीय उपाध्यक्षमा अमित बानिया, महासचिवमा नारायण जिसी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) र सहसचिवमा टेकप्रसाद सापकोटा चयन हुनुभएको निर्वाचन समितिका संयोजक यामबहादुर चोखालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कार्यसमिति सदस्यहरुमा राजकुमार श्रेष्ठ, अन्जित खाँन, गोपाल पौडेल, तारानाथ रेग्मी, नवराज पौडेल, भोजबहादुर रिजाल, सुनिता केसी, नारायण शर्मा, हेमन्त बानिया, राजु कडेल, यज्ञबहादुर थापा, हरि प्रसाद पौडेल, चिरञ्जिवी शर्मा, सन्दिप खत्री, कृष्ण खत्री, प्रेम गिरी (अबिरल), विरेन्द्रमान शाक्य, रवि शर्मा, हिमाल श्रेष्ठ र प्रविन श्रेष्ठ रहनुभएको छ ।

khali

निवर्तमान अध्यक्ष बेलबहादुर कटुुवाल, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठ, वस्तुुगततर्फबाट टेलरीङ व्यवसायी संघका अध्यक्ष गोपाल परियार पदेन सदस्य रहनुभएको छ । धवलागिरी, मालिका, मंगला, रघुुगंगा र अन्नपूर्ण गाउँपालिका बजार इकाई समितिका सभापतिहरु क्मश ः तेजेन्द्र थापा, लेकबहादुर पुन, चक्रलाल पाण्डे, बालकृष्ण खत्री र सुनिता गिरी पनि पदेन सदस्य रहनुभएको छ ।

शनिबारदेखि शुरु भएको अधिवेशनमा पदाधीकारीका आकाक्षीहरुबीच सहमति जुुटाउने प्रयासका लागि आइतबार अवेरसम्म लम्बिएको हो । महासचिवमा दावी गर्नुभएका मोतिलाल पौडेल पछि हटेपछि सहमति जुटेको बताइएको छ । व्यवसायीहरुको एकता र हितका लागि दावीबाट पछि हटेको पौडेलले बताउनुभयो ।

संघका नवनिर्वाचित समितिका पदाधीकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष कटुुवालले पथ तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कटुवालले आफ्नो तीन वर्षे कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवाद र सहमतिमा चयन भएको कार्यसमितिलाई बधाई दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले असहज अवस्थामा रहेका ब्यापार, व्यवसायलाई चलायमान बनाउने, जिल्लामा आर्थिक गतिबिधि बढाउने, लगानी भित्र्याउने, रोजगारी सिर्जना र व्यवसायीका समस्या समाधानका लागि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । २ हजार २०० जना भन्दा बढी साधारण सदस्य रहेको म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समिति र ५ वटा स्थानीय तहमा बजार इकाई समिति रहेको छ । वि.स. २०२७ मा संघको स्थापना भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...