नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

Gandaki Kotihome

नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय मिलन श्रेष्ठ, केशवप्रसाद रेग्मी, दुर्गाराम सुवेदी, कांग्रेस सचिव भरत रकाल, धवलागिरी पालिका प्रमुख प्रेम पुन, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष सागर खरेल, ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद उपाध्यक्ष, महासंघ महासचिव जगत सापकोटा र पूर्व महाधिवेशन प्रतिनिधि गिरी छन्त्यालले शुभकामना व्यक्त गरेका थिए । कांग्रेस उपसभापति हरिकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य एव महिला संघ म्याग्दीका अध्यक्ष माननीय बिमला गौचन, संघका संघिय सदस्य कल्याणप्रसाद सुवेदीको समेत उपस्थिति रहेको सभामा ट्रेड युनियन कंग्रेस गण्डकी प्रदेश सह सचिव निर्वाचित शिक्षक हृदयकुमार श्रेष्ठ, सक्रिय शिक्षकको रुपमा सहसचिव ज्ञानेन्द्र विक्रम शाह तथा सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गर्नुका साथै नवशिक्षकहरूलाई स्वागत गरिएको सचिव विनय श्रेष्ठले बताउनुभयो । बेनी नगरका अध्यक्ष एकेन्द्र महत, मालिका अध्यक्ष दिवाकर सुवेदी, धवलागिरी अध्यक्ष रमेशराज शर्मा, अन्नपूर्ण अध्यक्ष केदार कार्की र रघुगंगा अर्थसचिव अर्जुन पौडेलले गतिविधि प्रस्तुत गरेको सभामा सचिव विनय श्रेष्ठले प्रतिवेदन र अर्थसचिव शिवदत्त रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महिला उपाध्यक्ष भिमकुमारी सुवेदीको संयोजकत्वमा महिला विभाग गठन गरेको सो सभा सचिव विनय श्रेष्ठको सञ्चालन र महिला उपाध्यक्ष भिमकुमारी सुवेदीको स्वागत गर्नु भएको थियोे भने अध्यक्ष नगेन्द्र खत्रीले भावि योजना प्रस्तुत गर्दै समापन गर्नु भएको थियोे ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...