छाडा कुकुरको वृद्धिदर रोक्न बन्ध्याकरण शिविर, कुकुर खोज्न बेनीका नगरप्रमुख टोल टोलमा

khali

बेनी,। बेनीमा छाडा कुकुरको वृद्धिदर रोक्नका लागि बन्ध्याकरण शिविर शुरु भएको छ ।

बेनी नगरपालिकासँगको सहकार्यमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घरपालुवा कुकुरलाई रेविन विरुद्धको खोप लगाउन र छाडा कुकुरको बन्ध्याकरण गर्न शिविर आयोजना गरेका हुन् ।

शनिबार देखि भएको शिविर दुई दिनसम्म चल्ने भटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो । “रेविज रोगबाट मानिसलाई बचाउन र कुकुरको अनावश्यक संख्या बढ्न नदिनका लागि बन्ध्याकरण शिविर आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।

Shreekrishna hardwear in news

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख डा. भरत रेग्मी, कास्कीका पशु चिकित्सक अनन्त कोइराला र ब्यास नगरपालिकाका पशु चिकित्सक मनोज विक सहित केन्द्र र बेनी नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक टोली बन्ध्याकरण शिविरमा परिचालन भएको छ ।

khali

नगर प्रमुख सुरत केसीको नेतृत्वमा नगर प्रहरी प्रमुख शंकर पौडेल र पशु सेवा शाखाका प्रमुख प्रदिप गौतमको टोलीले बजारका टोल टोलमा पुगेर छाडा कुकुर नियन्त्रणमा लिएर बन्ध्याकरणका लागि भेटेरीनरी अस्पतालमा पु¥याएको छ ।

गत वर्ष शिविर मार्फत ९५ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरण गर्न थालेपछि बेनीमा छाडा कुकुरको संख्या र रेविज विरुद्धको जोखिम घटेको नगर प्रमुख केसीले बताउनुभयो । उहाँले छाडा कुकुरको संख्या घटेसँगै दुर्घटनाको जोखिम घटेको र सवारी आवत जावत सहज भएको बताउनुभयो ।

दुई दिनको शिविरमा करिब १०० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रेग्मीले बताउनुभयो । केन्द्र र नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा– टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह गरेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...