बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले शुक्रबार म्याग्दीका एक जना पत्रकार, साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।
शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।
बेनी नगरपालिका–५, पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र साहित्यकार अजयमिलन श्रेष्ठलाई दश÷दश हजार, दोसल्ला, सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत पत्रकार गौतम बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनीअनलाइनका प्रकाशक तथा प्रधानसम्पादक हुनुहुन्छ ।
बि.स २०६४ देखि पत्रकारितामा क्रियाशिल गौतम म्याग्दीबाट नागरिक राष्ट्रिय दैनिक, पब्लिक फोर के टेलिभिजन र ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गर्नुहुन्छ । कोषले जनकल्याण माबिबाट बिस २०७९ को एसइइ परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने गुञ्जना श्रेष्ठलाई २० हजार सहित पुरस्कृत गरेको छ ।
खसआर्य तर्फ प्रशंसा पौडेल, जनजातितर्फबाट आकृति श्रेष्ठ, दलिततर्फ अभिषेक दर्जी र बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत बिद्यालयका उत्तम सुबेदीलाई पन्ध्र÷पन्ध्र हजार प्रदान गरिएको थियो । पुरस्कृत हुने पत्रकार, साहित्यकार, विद्यार्थीलाई प्रमुख अतिथी जगद्गुरू हिमालय बाबा, कोषका सचिब माधबप्रसाद रेग्मी, लक्ष्मी रेग्मी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार बितरण गर्नुभएको थियो ।
सोही अवसरमा स्थानीय सांस्कृतिक समुहलाई १० हजार, आमा समुहलाई ५ हजार नगद प्रदान गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन र रामप्रसाद रेग्मी लगायत परिवारका सदस्यहरुले १८ लाख रुपैयाँको कोष स्थापना गर्नुभएको थियो ।
पुरस्कार बितरण समारोहमा विद्यालयका पुर्व विद्यार्थी एवम् अमेरिका निवासी विजय रेग्मीले जनकल्याण माबिको अक्षयकोषका लागि रु. ५१ हजार ५५५ प्रदान गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले लेखेको स्वर्गीय पंण्डित तारानाथ रेग्र्मीको जीवनकाब्यको बिमोचन गरिएको थियो ।
तत्कालिन समयमा प.रेग्मीको घरबाट जनकल्याण प्रावि सञ्चालन भएको थियो । पुलाचौर र आसपासको क्षेत्रमा शैक्षिक बिकासमा रेग्मी परिवारको महत्वपूर्ण योगदानको कार्यक्रममा चर्चा गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, म्याग्दी बहुमुखी क्याम्पस सञ्चालन समितिकिा अध्यक्ष सोमनाथ ढुंगाना, जनप्रिय मावि दरबाङका सहायक प्रअ नगेन्द्र खत्री, जनकल्याण माविका प्रअ कमलप्रसाद पौडेल, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी, साहित्यकार अजयमिलन श्रेष्ठ, पत्रकार हरिकृष्ण गौतम, कोषका कोषाध्यक्ष मित्रलाल रेग्मी, विद्यार्थी गुञ्जना श्रेष्ठ, उत्तम सुबेदी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जगद्गुरू हिमालय बाबाले म्याग्दीको धार्मिक र शैक्षिक क्षेत्रको विकासका लागि हातेमालो गर्ने बताउनुभयो । उहाँले पुलाचौर धार्मिक दृष्टिकोणले नेपालमै प्रख्यात रहेकाले यहाँको विकास तथा संरक्षणका लागि समुदायसँग अगाडी बढ्ने बताउनुभयो । सोही अवसरमा जगदगुरू हिमालयबाबालाई स्थानीयबासी, विद्यालय परिवारले अभिनन्दन समेत गरेका थिए ।
जनकल्याण माविको ब्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधबप्रसाद रेग्मीको स्वागत र शिक्षकद्धय गिता आचार्य र शान्ति शर्मा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा विद्यालयले त्रैमासिक परीक्षाको अवसरमा पुरस्कार समेत वितरण गरेको थियो ।