बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।

विपद्मा खटिने जनशक्तिको क्षमता अभिवृद्धी र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन गरिएको शसस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका बाहिनीपति कालिदास धौवाजीले बताए ।

‘जलउत्पन्न प्रकोप पश्चात पिडितहरुको उद्दार सम्बन्धी जनशक्तिको क्षमता विकासका साथै समुदायमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन गरिएको हो,’ उनले भने ‘विपद्को पुर्वतयारी, उद्दार, प्रतिकार्य र व्यवस्थापनका गतिबिधिलाई प्रभावकारी बनाउन सचेतनामुलक कार्यक्रमले सहयोग गर्नेछ ।’

Shreekrishna

सशस्त्र प्रहरीका ३५ जना सुरक्षाकर्मीहरुले नदीजन्य विपद्को उद्दारमा अपनाइने ५ वटा बिधिको नमुना अभ्यास प्रस्तुत गरेका थिए । शसस्त्र प्रहरीको टोलीले एक हप्तासम्म तालिम पनि गरेका थिए ।

बाढीले बगाएका, रसिको सहायताले भिरबाट झरेर नदी किनारमा फसेका, डोरिमा झुण्डिएर नदीको बिच भागमा फसेका, ¥याफटिङबाट खसेका र डुबेकाको उद्दार गर्ने बिधीको नमुना प्रर्दशन गरिएको शसस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार पौडेलले बताए ।

उनका अनुसार नदीबाट उद्दार पछि प्राथमिक उपचार, मृत्यु भएकाको शव व्यवस्थापन र बाढी पहिरोबाट घरबास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्ने नमुना प्रस्तुत गरिएको थियो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, बिमला गौचन, मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्मा, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, जिसस प्रमुख राजकुमार थापा, स्थानीय तहका प्रमुख, सुरक्षा अधिकारी र स्थानीयबासीहरुले नमुना अभ्यासको अवलोकन गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मुख्यमन्त्री पाण्डेले विपद् पुर्वको तयारी, रोकथाम, उद्दार, राहत तथा क्षतिपुर्ति वितरण र पुर्नस्थापनालाई उच्च प्राथमिकता दिएको बताए । ‘हिमाल, पहाड र तराईको भूगोल समेटिएको गण्डकी प्रदेशमा सबै किसिमका विपद्को जोखिमको पहिचान गरि क्षति न्युनीकरण गर्न पुर्व तयारी गरेका छौ,’ उनले भने ‘विपद् पुर्वको तयारी, विपद्को अवस्थामा गरिने प्रतिकार्य तथा विपद् पश्चात राहत र पुर्नस्थापनाको कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।’

विपद्को क्षति न्युनीकरणका लागि समुदाय स्तरमा सचेतनामुलक गतिबिधि, सुरक्षा निकायको क्षमता अभिवृद्धि, सिपयुक्त जनशक्ति तयार, राहतको भण्डारण र पुर्नस्थापन सम्बन्धी कार्य गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हुन थालेका अधिक वर्षातका कारण खोलानालामा आउने बाढीले तटीय क्षेत्रका बजार तथा बस्तिमा गर्ने कटानलाई गण्डकी प्रदेशमा विपद्को नयाँ चुनौतिका रुपमा लिइएको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रदेश स्तरमा दश करोड र ११ वटै जिल्लामा दश÷दश लाख रुपैयाँ नघट्ने गरी विपद् व्यवस्थापन कोष स्थापना गरिएको जानकारी दिए । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विपद् व्यवस्थापनका लागि समुदाय स्तरमा सिपयुक्त जनशक्ति तयार पार्ने र सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराएको बताइन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विपद् व्यवस्थापन वेस क्याम्प स्थापना गरिएको जानकारी दिए । म्याग्दीका ६ वटा स्थानीय तहबाट ५÷५ जनालाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम पनि दिइएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...