बेनी, । गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार सार्वजनिक भएको छ ।
मेला आयोजक महिला उद्यम विकास समितिले म्याग्दी उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४ हजार ६६६ बराबरको आयब्यय विवरण सार्वजनिक गरिएको हो ।
समितिका सभापति अम्बिका श्रेष्ठले विभिन्न शिर्षकमा रु. १८ लाख १४ हजार ६६६ आम्दानी र खर्च कटाएर उद्योग वाणिज्य संघको व्यवसायिक हितकोषमा रु. १ लाख सहयोग र रु. ४५ हजार १६६ बचत भएको जानकारी दिनुभयो ।
परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । माघ २ गतेसम्म चल्ने मेलाको अवसरमा बेनीमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो । परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको थियो ।
जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहेको थियो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो ।