म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

khali

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ । ६ हजार ५७० जना ९ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई दादुरा रुवेला खोप अभियानका प्रवक्ता बिरेन्द्रकुमार जयसवालले जानकारी दिनुभयो ।

खोप लगाउन १५० खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिने भएको छ । स्वास्थ्य चौकी सम्म खोप ढुवानी गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । स्थानीय तह र वडा स्तरमा खोप समन्वय समितिको बैठक आयोजना गरेर तयारी गरिएको छ ।

Shreekrishna hardwear in news
khali

धवलागिरी गाउँपालिका–४ मुदीको बगरमा रहेका बालबालिकालाई सहज हुने गरी नयाँ खोपकेन्द्र स्थापना गरिएको छ । म्याग्दीमा हालसम्म सबै बालबालिका खोपको पहुँचमा रहेकाले यो अभियानमा समेत नछुटने गरी प्रचारप्रसारलाई तिब्रता दिइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुबन ठकुराठीले बताउनुभयो ।

खोप सेवा लिन जाँदा अनिवार्य रुपमा आफ्ना बालबालिकाको परिचय खुल्ने कागज लिएर जान अनुरोध गरिएको छ । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन आग्रह स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...