धौलागिरि तपोभूमि ः राष्ट्रपति पौडेल

Shreekrishna hardware

पञ्चकोट, । राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्राम शिला पाइने विश्वको एक मात्र कालीगण्डकी नदी मानव सभ्यताको इतिहाँससग जोडिएको बताउनुभएको छ ।

कालिगण्डकी नदीले मानव जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको राष्ट्रपति पौडेलले बताउनुभयो । धौलागिरि हिमाल, मुक्तिनाथ क्षेत्र र पवित्र कालिगण्डकीको यस क्षेत्रमा आयोजना गरिएको ब्रह्माण्डीय महायज्ञले समाजलाई शान्त, अनुशासित, मुलुकलाई उन्नति प्रगतिको बाटोमा डो¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बागलुङको पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन आउनुभएका राष्ट्रपति पौडेलले महायज्ञमा सम्बोधन गर्नुहुँदै भन्नुभयो, ‘‘पञ्चकोटलाई प्रकृतिले सिङ्गारेको यो भूमिमा आयोजना गरिएको महायज्ञले हाम्रो सारा प्रकृतिलाई नै शान्त बनाउने, राष्ट्रलाई शान्ति दिने र उन्नति दिने विश्वास गर्दछु ।’’

Shreekrishna

हाम्रो मौलिक धर्मसंस्कृतिले समाजलाई सभ्य र अनुशासित बनाउने उहाँको भनाइ थियो । कालिगण्डकी नदीको तीरमा हुन लागेको महायज्ञले हामी सबैलाई पवित्र बनाएको बताउँदै उहाँले महायज्ञ आयोजना गरेर समाजलाई अनुशासित, जलसम्पदाको संरक्षण र धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्य राख्नुहुने आयोजकलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उहाँले भन्नुभयो, ‘‘मुक्तिनाथ क्षेत्र, कालिगण्डकी क्षेत्रबाट हामीले मुक्तिको कामना गरेका छौं । हामी सबैको मुक्तिको कामना महायज्ञले पूरा गर्नेछ ।’’ उहाँले पञ्चकोट धाममा राखिएको पाँचहजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टको समुदघाटन तथा पञ्चकोटको अवलोकन गर्नुभयो ।

महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई स्वागत गर्नुहुँदै गण्डकी कलशको लोगोसहित कलश र ल्वाङको माला उपहार प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललाई गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिमला गौचन, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का लगायतले स्वागत गर्नुभएको थियो ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न १५ दिनसम्म सञ्चालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधबार नौ वर्षमुनिका एक सय आठ जना कन्याबाट सामहिक रुपमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।

पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभएको छ ।

जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमार्फत जलसम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन गर्नुका साथै मौलिक धर्मसंस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य रहेको महायज्ञका सङ्कल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो । महायज्ञ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...