साधन राम्जाली
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
प्रेसिडेन्ट ग्रीनले गाउँपालिका र स्थानीयबासी सँगको साझेदारीमा सुविधा सम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताउनुभयो । उहाँका अनुसार, पाहार ट्रष्ट युके मार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सय भन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरु निर्माण भइसकेका छन् । उहाँले नेपालका दुर्गम ग्रामिण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
ट्रष्टले भवन निर्माणमा ठुलो योगदान पु¥याएको बताउनुहुँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवन लगायत पुर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने अध्यक्ष गर्बुजाले प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवन लगायत पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताउनुभयो ।
पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार, एक करोड २२ लाख तीन हजार २६६ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट पचास लाख र स्थानीयबासी एघार लाख १ हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताउनुभयो ।
वि.सं.२०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ असोजमा सम्पन्न भएको थियो । वडा अध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्ट सँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधा सम्पन्न भवन निर्माण भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिल बहादुर पुनले पहिले जिर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकोमा अहिले भवन बनेपछि भने सहज भएको बताउनुभयो ।
भवनको संरक्षण गर्ने विद्यालय र स्थानीबासीको दायीत्व भएको उहाँको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार, कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् । अठार जना शिक्षकहरु अध्यापनरत छन् ।
दश कोठे भवन विद्यालयलाई प्रयाप्त नभएको बताउँदै थप भवन निर्माणको लागि सहयोग गर्न गाउँपालिका र ट्रष्टलाई आग्रह गर्नुभयो । यसैगरी सोही अवसरमा स्थानीय देविस्थान–घरिथोक–पन्थोक पुरख्र्यौली नाच समुहका अध्यक्ष मनप्रसाद पुन मगरले दश जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो ।
ि
वद्यालयले भवन निर्माण गर्ने ट्रष्ट, समाजसेवी क्याप्टेन घर्ती र गाउँपालिकालाई सम्मान गरेको छ । प्रअ घर्तीले स्वागत गर्नुभएको कार्यक्रममा शिक्षिका अनिसा भट्टराईले संचालन गर्नुभएको थियो । यसैगरी भवन निर्माणमा साझेदारी गरेर सहयोग पु¥याएकोमा गाउँपालिकाले पनि कार्यालय सम्मान गरेको थियो । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले सम्मान नृत्य प्रस्तुत गरेका थिए ।