राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको वित्तीय साक्षरता कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला माविमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रबन्धक नवराज ढुंगाना र सहायक प्रबन्धक सुवास तिमिल्सिनाले प्रशिक्षण दिनुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, लगायतका सम्रग बैंकिङ गतिविधिका साथै पछिल्लो समय डिजिटल कारोबार गर्नेहरू बढेसँगै ठगी धन्दा र अनलाइनमार्फत हुने वित्तीय अपराधबाट जोगिने उपाय, वित्तीय साक्षरताले दिने फाइदा लगायत वित्तिय क्षेत्रसँग सम्बन्धित विविध विषयमा जानकारी समेत गराइएको थियो । कार्यक्रमको उद्घाटन गदैं मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वित्तिय पहुँचमा रहनेहरुले आर्थिक रुपमा अनुशासित हुनुपर्ने बताउनुभयो ।

Shreekrishna

उहाँले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदाका बारेमा आफुँले जानकारी पाएपछि परिवारका सदस्य र समुदायस्तरमा समेत सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । मंगला शिक्षा क्याम्पसका विद्यार्थी, सञ्चालक समितिका सदस्य, अभिभावक तथा डनिङ आवासीय माविका विद्यार्थी गरी करिब ५० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागीले वित्तीय चेतना अभिवृद्धि गर्न कार्यक्रमबाट धेरे सिक्ने अवसर पाएको बताएका थिए । मंगला शिक्षा क्याम्पस स्ववियु सभापति भिममायाँ रोका, मंगला प्राध्यापक संघका सभापति कलम भण्डारी लगायतको उपस्थिती रहेको थियो । क्याम्पसका संरक्षक एवम् मंगला गापा अध्यक्ष रोकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममको कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापा, स्वागत तथा सञ्चालन क्याम्पस प्रमुख पितमबहादुर खत्रीले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...