शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

khali

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेश
सन्तोष गौतम ।

बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय शुशिल गर्बुजालाई गत माघ ११ गते बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि हत्या गरेको आरोप लागेका १७ जना मध्य ५ जना नावालकलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश गरेको हो ।

Shreekrishna hardwear in news

जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले अदालतमा उपस्थित भएका पाँच जना नावालकलाई बयान गरेर र्पुपक्ष लागि सुधार गृहमा पठाउने आदेश भएको जानकारी दिए । जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डितले परिवर्तीत नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड)लाई सुधार गृहमा पठाउन आदेश दिएका हुन् ।

४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका आरोपि फरार छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनिहरुलाई सुधार गृहमा पठाइएको श्रेष्तेदार रेग्मीले बताए ।

‘१० जना बयस्क मध्य ८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । पाँच जनाको आज थुनछेक बहस भएको छ,’ उनले भने ‘बाँकी तीन जनाको बहस सकिएपछि एकमुष्ठ आदेश हुन्छ ।’

khali

धवलागिरी गाउँपालिका–४ खिवाङका २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, मंगला गाउँपालिका –२ का प्रविन जिसी, बेनी नगरपालिका–९ का १८ वर्षीय सविन राई र रघुगंगा गाउँपालिका–२ का १८ वर्षीय सञ्जन खत्रीको थुनछेक बहस भएको हो ।

धवलागिरी गाँउपालिका–४ का २२ वर्षीय शंकर घर्ति, बेनी नगरपालिका–५ का २४ वर्षीय सफल खत्री, जलजला गाउँपालिका–३ पर्वतका १८ वर्षीय शोहन बरुवालको थुनछेक बहस हुन बाँकी छ । श्रेष्तेदार रेग्मीका अनुसार आरोपित बयस्क हरु मध्य मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरुको विरुद्धमा मुद्दा मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जना विरुद्ध जन्मकैदको सजायको माग दावी सहित अनुसन्धान प्रतिवेदन र मिसिल सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको थियो ।

प्रहरीले घटना स्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सिसिटिभी फुटेज, सर्वसाधारणले खिचेका तस्विर र भिडियो लगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ ।

यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा भएको थिए । ३१ जना साक्षीहरुको बयान लिएको छ । ४ जना फरारको खोजीलाई तिब्रता दिएको प्रनाउ प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

उनका अनुसार पुर्व रिसिइवीलाई हत्याको मुख्य कारण मानिएको छ । यो मुद्दामा पक्राउ परेका मध्य सफल केसी र शंकर घर्ति विरुद्ध यसअघि पनि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । हत्याको २ घण्टाभित्र घटनामा संलग्नको पहिचान गरेको प्रहरीले २४ घण्टाभित्र अधिकांश आरोपितलाई पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को (१) बमोजिमको कसुरमा माग दावी प्रमाणित भएमा वयस्कको हकमा जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ । परिवर्तित नामथरको हकमा बालबालिका ऐन २०७५ को दफा ३६ बमोजिम हुने गरि मागदावी गरिएको छ । जिल्ला सदरमुकाम भित्र भएको हत्या घटनालाई निकै चासोका साथ हेरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...