भुरुङ तातोपानीको सुविधासम्पन्न होटल नेचुरल स्प्रिङ

Shreekrishna hardware

सुरेन गुरुङ
भुरुङ्ग–तातोपानी, । ग्रामिण क्षेत्रमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुविधासम्पन्न होटल खुलेपछि पर्यटकलाई सहज भएको छ ।

बेनी–जोमसोम–कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालन गर्नुभयो । करिब आठ रोपनी क्षेत्रफलमा छ तलाको भवनमा सञ्चालन भएको नेचुरल स्प्रिङलाई धवलागिरी क्षेत्रकै ठूलो होटल दावी गरिएको छ ।

लिफ्ट सुविधा भएको होटलमा ५७ कोठा रहेका सञ्चालक राजु हमालले बताउनुभयो । “तीन र चार तारे होटल सरहको सुविधा छ,” उहाँले भन्नुभयो “एक दिनमा दुुई सय जनालाई आवास सुविधा छ ।”

Shreekrishna
default

होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । एसी, हिटर, तातो पानी, इन्टरनेट, सुपर डिलक्स, डिलक्स कोठाहरु रहेको होटलमा विशिष्ट कक्ष र बारको सुविधा पनि छ ।

सबै किसिम र क्षमताका पाहुना बस्न मिल्ने रु. एक हजार पाँच सय देखि सोह् हजार पाँच सय सम्म शूल्कका कोठाहरु रहेका होटलका व्यवस्थापक केशव पौडेलले बताउनुभयो । “ठूलो लगानी गरेर स्थापना गरेको होटलमा पाहुुनाको क्षमता अनुसारको कोठा उपलब्ध छन्,” उहाँले भन्नुभयो “आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ ।”

तालिम, बैठक, गोष्ठि सञ्चालनका लागि सभाहल पनि छ । करिब रु. ३५ करोड लगानी रहेको होटलमा ३० जना भन्दा बढीले रोजगारी पाएका छन् । स्थानीय स्तरमा उत्पादीत कृषि उपजको परिकारको स्वाद लिन सकिन्छ । शाकाहारी भोजनालय पनि रहेको छ ।

ठूला बस समेत पार्किङ गर्न मिल्ने ठाउँ छ । होटलका पाहुनालाई खुुवाउन परिसरमै स्थानीय जातका कुखुरा पालन गरिएको छ । एटिएम काउन्टर राखिएको छ । होटल परिसरमा बगैचा र पानीको फोहोरा आउने फाउण्टेन बनाइएको छ ।

लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो भएको बताइएको छ । तातोपानीमा रहेका अन्य होटलहरुले पनि सुविधा र क्षमता बढाएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ । तातोपानीमा पर्यटकले बास नपाएर अन्यत्र जानुपर्ने, डाइनीङ हलमा सुत्नुपर्ने समस्या हटेको छ ।

मुुस्ताङ जाने क्रममा केही दिनअघि तातोपानीमा बास बसेका सोलुुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ शेर्पाले ग्रामिण क्षेत्रमा बजार सरहको सुविधा भएको होटल खुल्दा पर्यटन प्रर्वद्धनमा योगदान पुगेको प्रतिक्रिया दिनुभयो ।

प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न पाउनु भुरुङ्ग–तातोपानीको प्रमुख आकर्षण हो । कालीगण्डकी नदी किनारमा रहेको मुुहानबाट करिब ५० डिग्री सेल्सिीयस तापक्रममा निस्कने तातोपानीको मुहान छ । तातोपानी संकलन गरिने दुई वटा पोखरीमा स्नान गर्ने सुविधा छ ।

भुरुङ्गको देखि कालीगण्डकी पारी पाउद्धार गाउँको फेदीमा रहेको अर्को तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित छ । कालीगण्डकीको वारी र पारी दुई वटा तातोपानीका मुहान छन् ।

तातोपानी अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्गोज पदमार्गको प्रवेश बिन्दुुमा पर्छ । घोडेपानी, पुनहिल, घोडेपानी र खोपारा पदयात्राका लागि जानेहरुका लागि पनि भुरुङ्ग तातोपानी केन्द्रमा पर्छ ।

भुरुङ्ग तातोपानी देखि ४५ मिनेट पैदलयात्रा गरेपछि नारच्याङ झरना पुगिन्छ । धवलागिरी र अन्नपूर्ण हिमशृङखलाको बिच भएर बग्ने कालीगण्डकीले बनाएको संसारको गहिरो खोच अन्धगल्छी पनि यही छ । अन्धगल्छीको नजिकै रुप्से झरना छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...