बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट शुक्रबार चार किलोग्राम चरेस सहित एक जना पक्राउ परेका छन् ।
मालिका गाउँपालिका–२ रुमका ४३ वर्षीय तिलक बिकलाई चार किलोग्राम ४६ ग्राम तौल भएको लागू औषध चरेश सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक कुमार गुरुङले विशेष सूचनाको आधारमा तलासी पुर्जी दिएर शरिर तलासी लिने क्रममा झोला भित्र राखेको अवस्थामा चरेस फेला परेको जानकारी दिनुभयो । विकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।