दिवंगत साथीको स्मृतिमा पुर्व विद्यार्थीद्धारा छात्रवृत्ति वितरण

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर छात्रवृत्ति वितरण गरेका छन् ।

वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको स्मृतिमा स्थापना गरेको कोषबाट बुधबार विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा छावृत्ति वितरण गरेका हुन् ।

khali

वि.स. २०७९ को कक्षा १२ को बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याएकी एलिना बिकलाई रु. चार हजार, नगर स्तरीय कक्षा ८ को परिक्षामा सर्वोकृष्ट नतिजा ल्याएकी सिम्रन बिकलाई रु. तीन हजार र प्रमाणपत्र वितरण गरिएको सरोज स्मृति कोषका अध्यक्ष योगराज शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

कोषबाट अर्जुन माविका ४ जना विद्यार्थीहरुलाई सरोज स्मृति जेहेन्दार छात्रवृत्ति र ८ जनालाई सरोज स्मृति विपन्न लक्षित छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष शर्माले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा अध्यक्ष यामबहादुर कार्की लगायतले छात्रवृत्ति वितरण गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...