बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई भाषा प्रशिक्षक र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहयोग गरेका छन् ।
बेनीको अर्जुन सरको कोरियन भाषा केन्द्रका प्रशिक्षक सन्दीप भण्डारी र ७ जना भाषा अध्ययन गर्ने विद्यार्थीहरुले रु. २५ हजार मूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । २० जना वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई ट्याक सेट र १ वटा पानी तताउने इलेक्ट्रिक कित्ली सहयोग गरेको भाषा अध्ययन गर्ने विद्यार्थी रिजन खत्रीले बताउनुभयो ।
प्रशिक्षक भण्डारी, विद्यार्थीहरु खत्री, सुवास भुजेल, रोशन शेरचन, याम घर्तिमगर, सागर बस्याल, अनिल किसान र तारामान शिर्पालीले सहयोग गर्नुभएको हो ।