पोखरा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत ईञ्जिनियर ईश्वर बहादुर भण्डारी स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको सहसंयोजकमा चयन हुुनुभएको छ ।
पोखरामा सोमबार सम्पन्न सञ्जालको प्रथम प्रदेश भेलाले कमल घर्ति संयोजक र भण्डारी सहसंयोजक रहेको कमिटि पुर्नगठन गरेको हो । २१ सदस्यीय कमिटि गठन भएको सञ्जालले जनाएको छ । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल र धवलागिरी गाउँपालिकाका वडा सचिव बेदनाथ सुवेदी सदस्यमा चयन हुनुभएको छ ।
भेलाको गण्डकी प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले उद्घाटन गर्नुभएको थियो । गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष नवराज ओझा पनि कार्यक्रममा सहभागि हुनुभएको थियो । कार्यक्रममा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका केन्द्रीय संयोजक दीपक गौतमले आन्दोलनका क्रममा सरकारसँग भएको १९ बुँदे सम्झौता तुरुन्त कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले केन्द्रीय समिति सम्झौता कार्यान्वयनका लागि अनवरत लागिरहेको जनाउँदै सरकारले कार्यान्वयन नगरे आन्दोलनमा उत्रने चेतावनी पनि दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका ११ वटा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको प्रतिनिधिले सहभागिता जनाएका थिए ।