बेनी बोर्डिङ कप सुरू

Gandaki Kotihome

बेनी, । १२ औं जिल्लास्तरीय आधारभुततह फुटबल प्रतियोगिताको पहिलो दिनका खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् ।

बेनीको खुल्लामञ्च बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी सामुदायिक माविलाई पराजित गदैं केबी एकेडेमी दरबाङले बिजय सुरुवात गरेको छ ।

बेनी सामुदायिक माविलाई केबीले १ का बिरुद्ध ३ गोल प्रहार गरेको थियो । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको दोस्रो खेलमा न्यू वेष्ट पोइन्ट आवासीय माविले बुद्ध एकेडेमीलाई १ का बिरुद्ध ५ गोलले पराजित गरेको छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

प्रतियोगिताको तेस्रो खेलमा माउण्ट एभरेष्ट आवासीय माविले प्रकाश माविलाई १–३ गोलले पराजित गरेको छ । अर्को खेलमा लिटल गार्डेन एकेडेमीले धौलागिरी मावि सिंगालाई ०–८ गोलको फराकिलो अन्तरले विजय हासिल गरेको छ । त्यस्तै पहिलो दिनको अन्तिम खेलमा आयोजक बेनी बोर्डिङले सरस्वती आधारभुत विद्यालय बगरफाँटलाई शून्यका बिरुद्ध ७ गोलले पराजित गरेको बेनी बोर्डिङ्गका लेखापाल बिशाल खत्रीले बताउनुभयो ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । बि.स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गदै आधारभुत तहमा फुटबलका प्रतिभा पहिचानमा यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन मंगलबार विद्यालय परिसरमा गरिएको थियो । आधारभुत तहमा रहेका फुटबल खेलाडीको पहिचानका लागि हरेक बर्ष हुने प्रतियोगितामा सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका निजी तथा सामुदायिक विद्यालयबाट सहभागिता जनाउने गरेका छन् ।

प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...