संस्थागत क्षमता स्वमूल्याङकनमा बेनी नगरपालिका गण्डकीमा चौथो

khali

बेनी, ः म्याग्दीको बेनी नगरपालिका स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्याङकनको नतिजामा गण्डकी प्रदेशमा उत्कृष्ट चौथो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको ६७० वटा स्थानीय तहको नतिजामा बेनी नगरपालिकाले ९१.५ अंक सहित गण्डकी प्रदेशमा चौथो भएको हो ।
तनहुँको म्याग्दे गाउँपालिकाले ९४.५, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले ९४, तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९३.२५ र नवलपरासी पूर्वको कावासोती नगरपालिकाले ९१.२५ अंक प्राप्त गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ७५.२५, मालिका गाउँपालिकाले ७१, धवलागिरी गाउँपालिकाले ६९, मंगला गाउँपालिकाले ६७ र रघुगंगा गाउँपालिकाले ६४ अंक पाएका छन् ।

khali


नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानूनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कार्यसम्पादन र डकुमेन्टेशन भएकाले बेनी नगरपालिकाले जिल्ला र गण्डकी प्रदेशमै चौथो स्थान हाँसिल गर्न सफल भएको हो ।

Shreekrishna hardwear in news


स्थानीय तहको सबल र दुर्बल पक्षहरुको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाइट र सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्छन् । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...