बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

Gandaki Kotihome

बेनी, ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ ।

मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

चालुु आर्थिक वर्षमा रु. दुई ÷दुुई करोड बजेट बिनियोजन भएको यी दुई वटै सडक योजनाका लागि गण्डकी प्रदेश सरकारले रु. नौ करोड ९९ लाख ३३ हजारका दरले बजेट व्यवस्थापन गरेको छ ।

Shreekrishna hardwear in news

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा बहुबर्षीय ठेक्काका लागि प्रस्तावित यी दुई आयोजनाका लागि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ सम्मका लागि बजेटको स्रोत सुनिश्चितता गरेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले चालु आर्थिक वर्षमा रु. दुई÷दुई करोड बजेट बिनियोजन भएका ती आयोजना कार्यान्वयनका लागि रु. स्रोत सुनिश्चिता भएको बजेटको आधारमा ठेक्का प्रक्रीया अघि बढाइएको बताउनुभयो ।

हाल कच्चि अवस्थामा रहेका सडकलाई फराकिलो बनाउने, नाली निर्माण, घुम्ति तथा ग्रेड सुधार, ढलान गर्न लागिएको हो । मार्ग खुलेको करिब १५ वर्षपछि सडक स्तरोन्नति हुन लागेको बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

Notice about ban dadalo
6_PAGE.indd

सडक स्तरोन्नति भएपछि आवत जावत सहज र सुरक्षित तथा दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने उहाँले अपेक्षा गर्नुभयो । प्रदेश सरकारले यसअघि म्याग्दीको बेनी–तोरीपानी हुदै पाखापानी सडकका लागि रु. २० करोड र दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतीका लागि रु. २५ करोडको बजेट स्रोत सुनिश्चितता गरेको थियो ।

दुई वटै सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भइसकको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–तोरीपानी र दरवाङ–ढोरपाटन सडकको धारापानी–ताकम–शिवाङ क्षेत्रमा कालोपत्र सहित सडक स्तरोन्नति हुन लागेको हो ।

बहुबर्षीय योजनाका लागि छनौट भएका म्याग्दीका थप तीन वटा सडक, दुई वटा मोटरेबल पुलका लागि स्रोत सुनिश्चितताको प्रक्रीयामा रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

मालिका गाउँपालिकाको अदिभारा–डाडागाउँ–सोले सडकका लागि दश करोड, दरवाङ–खारा–बिम सडकलाई रु. बीस करोड बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । धवलागिरी गाउँपालिका–२ को दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुल निर्माणका लागि बहुबर्षीय योजना छनौट भएको छ ।

मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ बरंजाको सिमाना भएर बग्ने अर्चेखोलामा २५÷२५ मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...