
मल्लाज, पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ ।
चोइ सङग सेक छात्रवृत्ति ९ जनालाई संरक्षक लालबहादुर र हेमकुमारी अधिकारीले जनही रु. दुई हजारका दरले वितरण गर्नुभयो ।

सुनिल बरुवालको पहलमा कोरियाबाट प्राप्त छात्रवृत्ति रकम उहाँकी आमा रेशम कुमारी बरुवालको हातबाट १२ जनालाई रु. दुई हजारका दरले वितरण गरिएको प्रअ रघुनाथ आचार्यले बताउनुभयो ।

दक्षिण कोरीयामा रहेका आमाहरुले छात्रवृत्ति रकम पठाएका हुन् । साथै विद्यालयमा नियमित शुक्रबारीय कार्यक्रम अन्र्तगत विभिन्न कक्षाका विद्यार्थीले प्रतिभा प्रर्दशन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर जिसी (कुमार)को अध्यक्षता, जलजला गाउँपालिका–३ का वडा अध्यक्ष एकिन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक आरती नेपाली र स्वागत प्रअ रघुनाथ आचार्यले गर्नुभएको थियो । कार्यक्रममा चोइ सङग सेक छात्रवृत्तिका संस्थापक रंरक्षक लालबहादुर अधिकारीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।
