मंगलाघाटको झोलुङ्गे पुल पुनःनिर्माण शुरु

Gandaki Kotihome

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको पुनःनिर्माण शुरु भएको छ ।

मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि पुननिर्माण थालिएको हो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल पुननिर्माण गर्ने काम शुरु भएको जानकारी दिनुभयो ।

“स्थानीयबासीलाई आवत जावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित पुल पुनःनिर्माणको काम थालिएको छ,” उहाँले भन्नुभयो “प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुनःनिर्माण गर्न लागिएको हो ।”

Shreekrishna hardwear in news

नदी देखि पुलको उचाईलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा स्टिल डेग राखिने भएको छ । ४२ मिटर लामो पुलको पुनःनिर्माण गर्न रु. ३४ लाख ९८ हजार ६३७ लागत अनुमान गरिएको छ । पर्खाल भत्काएर पुरानै ढुङ्गाबाट नयाँ बनाउने र पुरानै लठ्ठालाई तन्काएर राखिने भएको छ ।

Notice about ban dadalo

बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । स्थानीयबासी कृष्णबहादुर सार्कीका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।

पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । काठको फल्याकको ठाउँमा स्टिलको डेग राखिने भएको छ ।

विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको बेनी बजारका जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो ।

साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन् । तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही थियो ।

जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि पाँच वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या र जोखिम भएकाले एक वर्षदेखि बन्द गरिएको थियो । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको र जालीमा खिया लागेर जिर्ण बनेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...