रुखले किचेर मौवाफाँटमा एक जनाको मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा आज रुखले किचेर एक जना महिलाको ज्यान गएको छ ।

रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो ।

Shreekrishna

फुुलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान नविनसँगै टुनीको दाउरा काट्न जानुभएको थियो । नविनले रुख ढलाउने मेसिन चलाउने र मानबहादुर भण्डारीले बाटोमा मानिस हेर्न बस्नुभएको थियो । भाग्ने क्रममा रुख ढलेर मायाको टाउकोमा चोट लागेको थियो । मायाको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...