बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दीमा चोयाका सामग्री बनाउने तालिम सञ्चालन भएको छ ।
निगालोको चोयाबाट सामान बनाउने सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाई केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सिप सिकाउन थालिएको जानकारी दिनुुभयो । माघ १४ गतेदेखि शुुरु भएको तालिम ५ दिनसम्म सञ्चालन हुुनेछ् ।
तालिममा ३० जनाको सहभागिता रहेको छ । ६ जना महिला सहित ३० जना सहभागि भएको केन्द्रका परिचालक लक्ष्मी पुनले बताउनुभयो । रघुगंगा गाउँपालिका–७ चिमखोलाका २८ वर्षीय अनिल पाईजा मुुख्य प्रशिक्षक रहनुभएको छ ।
चिमखोलाका बासिन्दाहरुमा निगालोबाट आकर्षक डोका बनाउने सिप छ । निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सकिन्छ ।
अघिल्लो पुुस्ताका नागरिकहरुको मृत्युु, नयाँ पुस्ताका युवा युवतिमा ज्ञान सिप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामाग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सिप लोप हुने अवस्थामा पुगेको छ ।
सामान भण्डारण र ढुुवानीमा प्रयोग हुुने चोयाका सामग्रीहरु वातावरणमैत्री हुुन्छन् । प्रशिक्षक पाइजाका अनुुसार एक वटा सानो चिमखोले डोकालाई रुं एक हजार देखि दुुई हजार पाँच सय मूल्य पर्छ ।
साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाई केन्द्रले समुुदाय स्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सिप र कलाको संरक्षणका गतिबिधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।
“पुुरख्यौली सिपको संरक्षण र नयाँ पुस्तामा सिपको हस्तान्तरण भएको छ,” तालिमको अनुुगमनका क्रममा सोमबार घराम्दी जानुभएका कटुवालले भन्नुभयो “गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदुुषण बढाउने पलास्टिक जन्य सामानको आयात घटाउँछ ।”
यस्तो सिपमुलक तालिम अन्य गाउँ बस्तिमा पनि आवश्यक रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् । भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागि सामुुदायिक केन्द्र रहेका छन् ।