स्थानीय सेवा कर्मचारी सञ्जाल म्याग्दीको संयोजकमा भण्डारी

khali

बेनी, । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको साझा संस्था स्थानीय सेवा कर्मचारी संजाल नेपाल, जिल्ला कार्यसमिति गठन भएको छ ।

बेनी नगरपालिकाको सभाहलमा शुक्रबार भएको जिल्ला भेलाबाट अन्नपूर्ण गाउँपालिकाका ईन्जिनियर ईश्वर बहादुुर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्ष अनिता कुमारी शर्मा (मंगला), सचिव कमलप्रसाद ढकाल (बेनी नगरपालिका), सहसचिव सागर पौडेल (मालिका), कोषाध्यक्ष धनबहादुर बोहोरा (मंगला) रहनुभएको छ ।

सदस्यहरूमा गोकुल शर्मा (बेनी नगरपालिका), हरिकृष्ण आचार्य (अन्नपूर्ण), खगराज सुबेदी (रघुगंगा), अशोक रिजाल (मालिका), ख्यामराज सुबेदी (धवलागिरी), प्रदिप गौतम (बेनी), रोशनकुमार महतो (मंगला) चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
khali

सोही अवसरमा जिल्ला कार्यसमितिका संयोजक भण्डारीको संयोजकत्वमा सदस्यहरू माधबप्रसाद भुषाल (बेनी नगरपालिका), प्रेम पराजुली अन्नपूर्ण गापा, तिलक रोका धौलागिरी गापा, भबिलाल उपाध्याय मंगला गापा, सागर पौडेल मालिका गापा र कुशल ढुंगाना रघुगंगा रहेको आर्थिक समिति समेत गठन गरिएको छ ।

भेलाबाट यही माघ महिनाको २९ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय भेलामा उल्लेखीय सहभागिता हुने निर्णय समेत गरेको संयोजक भण्डारीले बताउनुभयो । बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकालको अध्यक्षतामा भएको भेला गण्डकी प्रदेश संघर्ष समिति संयोजक कमल घर्ती प्रमुख आतिथि रहनुभएको थियो ।

केन्द्रिय सदस्य गणेशबहादुर कटुवाल, गण्डकी प्रदेश सहसंयोजक शेरबहादुर खाती, बेनी नगरपालिका निमित्त प्रशासकीय अधिकृत यूवराज थापा लगायत म्याग्दीका सबै पालिकाका स्थानीय तहका कर्मचारीको उपस्थिती रहेको थियो ।

संघर्षरत स्थानीय तहका कर्मचारी र सरकार बीच भएको १९ बुँदे सहमतिलाई कार्यान्वय गर्न माग गरेका छन् । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई स्थानीय तहका कर्मचारीलाई हेर्ने दृष्टिकोण र दिने सेवा सहित अन्य विभेदमा प्रावधानहरु हटाउन नसक्दा एकै निकायमा काम गर्ने कर्मचारीको कामको प्रकृति एउटै भएपनि सुविधा लगायतमा चरम बिभेद रहेको छ । म्याग्दी स्थानीय तह कर्मचारी तदर्थ समितिका संयोजक भण्डारीले स्थानीय तहले पेशागत जिम्मेबारीसँगै कर्मचारीको हकहितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...