घुम्ती शिविरबाट ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण

khali

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविरमा ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।

अपाङ्ता भएकाहरू विविध समस्याका कारण परिचयपत्र लिनबाट बन्चित भएको अवस्थामा वडास्तरमा पुगेर सेवा दिने उदेश्यले आयोजित शिविरमा महिला २३ र पुरुष २७ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा पुनले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र पोखरेबगर, हिस्तान र राम्चेमा आयोजित शिविरमा पूर्ण अशक्त अपाङ्गता (क) भएका १२ जनालाई, अति अशक्त अपाङ्गता (ख)को २६ जना र मध्यम अपाङ्गता (ग) १० र सामान्य (घ) १ जना गरी ५० जनालाई परिचयपत्र दिइएको उपाध्यक्ष पुनको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

शिविरमा गाउँपालिकाका जनप्रतिनिधिहरुले ७ बर्षको बालकदेखि ६८ बर्षसम्मका अपाङलाई घरमै पुगेर परिचयपत्र दिनुभएको थियो । राज्यले उपलब्ध गराउने भत्ताको सुविधा पाउने भएपनि विभिन्न समस्याका कारण घरमै भेटिएका थिए । गाउँपालिकाको वडा नं १ देखि ६ सम्म पोखरेबगर र वडा नं ७ र ८ मा पुगेर शिविर सञ्चालन गरिएको थियो ।

छ । परिचयत्रमा पूर्ण, अति, मध्यम र सासाधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण गरिन्छ । उक्त शिविरमा नाम दर्ता भएकोमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो ।

बिहिबार वडा नं १ देखि ६ वडासम्म परिचयपत्र वितरण गरिएको छ । गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले घुम्ती शिविर गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...