बेनीमा साप्ताहिक पुराण र बेद वाचन

Gandaki Kotihome

बेनी, । विश्व हिन्दु महासंघ म्याग्दीले साप्ताहिक रुपमा बेनीमा पुराण र बेद बाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सोमबार पूजाआजा सहित शुभारम्भ गरिएको छ ।
हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरूको संरक्षणको अभियानमा सक्रिय रहेको महासंघले खुल्लामञ्चस्थित भगवती मन्दिर परिसरमा सोमबार विशेष पूजा गरी १८ पुराण, १८ उपपुराण र ४ बेदको बाचन गरेको विश्व हिन्दु महासंघ म्याग्दीमा अध्यक्ष डण्डपाणि उपाध्यायले बताउनुभयो ।

‘सोमबार सुरुवात गरिएको छ, हरेक शनिबार करिब डेढ घण्टा बाचन हुन्छ, सबै जातजातिलाई पनि निम्तो दिएका छौ,सबै धर्मको सम्मान गदैं ज्ञानका भण्डार मानिने बेद र पुराण बाचन सुरु गरिएको छ, ’अध्यक्ष उपाध्यायले भन्नुभयो ।

Annapurna aarohan ko notice

शुभारम्भको अवसरमा बाचन गदैं पण्डित निलकण्ड आचार्यले सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि बेद भएकाले यो अभियान उत्कृष्ट भएको बताउनुभयो ।

Upper Myagdi transmition line notice

देवता, तीर्थ, व्रत साहित्यिक र दार्शनिक चिन्तन, भौगोलिक र ऐतिहासिक वर्णन, अवतार वर्णन, स्वर्गनरकको स्थिति, वर्णाश्रम धर्म, याज्ञिक लगायतका विषयबस्तुका बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउनुपर्ने पण्डित आचार्यको भनाई छ ।

महापुराण र उपपुराण १८÷१८ गरी ३६ पुराणको गणना गरिए पनि हाल महापुराणलाई नै बढी ग्रहण गर्ने गरिएको छ । हरेक शनिबार बाचनसँगै हिन्दु धर्ममा आस्था राख्ने विद्यार्थी सहित विभिन्न संघसंस्थालाई समेत अभियानमा जोडिन अपिल गर्ने रवडास्तरमा धार्मिक अभियान सञ्चालन गर्ने विश्व हिन्दु महासंघ म्याग्दीले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस