जलजलाको लोप्रेमा लाटोकोसेरो उत्सवको तयारी

khali

बेनी, । पर्वतको जलजला गाँउपालिका—५ लेखफाँट लोप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव– २०८० हुने भएको छ ।

प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा सञ्चालन हुने उत्सवको तयारी तिब्र बनाइएको छ ।

नेपालका हरेक ठाँउमा हुदै आएको आएको यो उत्सव ११ औ संस्करणको हो । यस अघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव सम्पन्न भएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

उत्सव सम्पन्न गर्नका लागि स्थानीय याम कुमारी गुरुङको सयोजकत्वमा १७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव मूल आयोजक समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएको छ । उत्सवको समयमा चरा तथा प्रकृतिकोअवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिनेछ ।

स्थानीय विद्यालयहरुको नाच, पन्चे बाजा, पुरख्यौली नाच, थिएटर नाँच, यानी माया, सालैजो, लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको छ ।

वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच तथा नाटक गाँउपालीका स्तरिय स्थानीय विद्यालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको छ ।

सो अवधिमा लाटोकोसेरो तथा हुचीलको अस्थाई सङग्रहालय समेतको निर्माण तथा प्रदर्शनी समेत हुनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी पनि गरिनेछ ।

गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिनेछन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ ।

उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरु पनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुति गर्नेछन् ।

khali

वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु समेत रहने छ । सो अवसरमा स्थानिय रुपमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको स्थानीय युवा पुर्ख पुर्जा पुनले बताउनुभयो ।

उक्त अवसरमा चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । संरक्षणकर्मीहरुलाई जनही रु. २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।

यस वर्ष पुरस्कृत हुनेहरुमा, क्षेत्रपाटी काठमाण्डौका राजेन्द्र सुवाल, भजनी कैलालीका हिरुलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर, बाँकेका याम बहादुर रावत रहनुभएको छ ।

लामो समय देखि चरा, सिमसार तथा वन्यजन्तुसंरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क, कैलालीलाई सम्मान गर्न लागिएको छ । सो अवधिमा स्थानीय तहमा रहेर प्रकृति र पर्यापर्यटनमा योगदान गरेका आर के अदिप्त गिरी र समिर रेग्मी लाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने छ ।

स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्य उत्सवको रहेको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र मनाइन्छ ।

गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्दछ ।

प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटा सम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । यो संख्या हाल आएर १ हजार ५ सय भएको छ ।

नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् ।

यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २ सय ६० प्रजातीका लाटोकोसेराहरु पाइन्छन् । जलजला गाँउपालीका–५, लेखफाँट, लोप्रे) पर्वत जिल्लामा पर्ने भए पनि म्याग्दी जिल्लाको सदरमुकाम बेनी हुदैै पुग्न सकिन्छ ।

पर्वत बेनी मल्लाज चोकबाट फोर ह्विल जिप वा दुई पाङग्रेबाट करिब २ घण्टामा मल्लाज हुदैं यो ठाँउमा पुग्न सकिन्छ । बेनीबाट उत्सव अवधिभर सहजहोस भनेर नियमीत जिपहरुको व्यवस्था गरिएको छ ।

नेपालका मुख्य शहरहरुबाट वेनीसम्म बसहरु चल्छन् । पोखरा स्थीत बागलुङ बसपार्कबाट बेनी सम्मको लागि ट्याक्सीहरु पनि उपलब्ध छन् । लोप्रे नजिकैको फलामेडाडामा होमस्टे र रेष्टुरेष्टको सुविधा छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...