देवशिला उद्गम स्थलमा दिप प्रज्वलन

khali

बेनी, भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थलमा सोमबार दिप प्रज्वलन गरिएको छ ।

अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा सोमबार मुर्तिको प्राण प्रतिष्ठा र उद्घाटन भएको खुसीयालीमा म्याग्दीमा पनि शोभायात्रा र दिप प्रज्वलन गरिएको हो ।

देवशिला अयोध्याय पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस भनेर क्षमापुजा सहित लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

Shreekrishna hardwear in news

राममन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मुर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरा स्थित कालिगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो ।

बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र कोषले शिला उद्गम स्थलमा पुजाआजा र दिप प्रज्वलन गरिएको हो । बेनी र गलेश्वरबाट भक्तजनहरु शोभायात्रा, बाजागाजा र भजनकिर्तन गर्दै शिला उत्खनन् स्थल श्रीराम घाट पुगेका थिए ।

देवशिलाको उद्गम स्थललाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

khali

‘नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुहरुको तर्कपछि अयोध्यायको मन्दिर परिसरमा पुजाआजाका लागि संरक्षण गरेर राखिएको छ,’ उनले भने ‘रामको जन्मभूमी अयोध्या लगिएका शिलाको उद्गम स्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रर्वद्धन गर्न थालेका हौ ।’

देवशिला उत्खनन गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगर प्रमुख केसीले बताए । उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजना सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर स्रोतको खोजी थालिएको छ ।

देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तिर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । हिन्दु धर्मगुरु हिमालय बाबाले पौलत्स्य र जडभरत ऋषिको तपस्या स्थल एवम् कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गम स्थलको धार्मिक हिसाबले धेरै महत्व रहेको बताए ।

‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दी सम्म विस्तार गरेको छ,’ उनले भने ‘शिला उत्खनन् भएको ठाउँ धार्मिक स्थलको रुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढेको छ ।’

कालीगण्डकीलाई हिन्दु धर्मावम्बीहरुले कृष्णगण्डकीको रुपमा चिन्ने गर्छन् । शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतिक भएको गत वर्ष शिला लिन आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताएका थिए ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...