चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

Shreekrishna hardware

सुरेन गुरुङ
घोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको हो । मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक ईञ्जिनियर सञ्जय सुवेदीको प्राविधिक टोलीले केही दिन अघि सडकको प्रारम्भिक सर्वेक्षण गरेको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले मन्त्रालयको निर्देशन अनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको बताउनुभयो । वि.स. २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको करिब तीन किलोमिटर सडक हाल कच्चि अवस्थामा छ ।

Shreekrishna

सडक विस्तार, ग्रेड, घुम्ति तथा मोड सुधार गरेर बाह्ै महिना सहज रुपमा नियमित यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गत भदौमा घोडेपानी पुग्नुभएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीसँग स्थानीयबासी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुन, टोल विकास संस्था, आमा समूह र युवा क्लवका प्रतिनिधिहरुले चित्रे घोडेपानी सडक स्तरोन्नति र कास्कीको उल्लेरी जोड्ने सडकको मार्ग खोल्न माग गरेका थिए ।

मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागि हुन आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षिय ठेक्का प्रक्रीया शुरु गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले पनि सो प्रस्ताव र घोषणामा सहमति जनाउनुभएको थियो । मन्त्री जुग्जालीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. तीस लाख बजेट बिनियोजन भएको यो सडक योजनाका लागि थप रु. तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु. तीन करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउन लागेको हो ।

घोडेपानी देखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु. तीस लाख बिनियोजन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ । समिक्षा कार्यक्रममा सहभागी पुगेका मुख्यमन्त्री र मन्त्रीहरुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडा अध्यक्ष रामबहादुर खड्काले पनि चित्रे–घोडेपानी सडक स्तरोन्नति र उल्लेरी जोड्ने सडक निर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...