सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिका–५ झिँ मा रहेको महेन्द्र माविका ३३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस र विविध खेलकुद कार्यक्रमको बिहिबिार उद्घाटन गर्दै गर्बुजाले पढ्न सहर झर्ने अवस्थाको अन्त्य गर्न गाउँका विद्यालयले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
‘गाउँमा चहलपहल बढाउन पढ्न बजार झर्ने विद्यार्थीलाई रोक्नुपर्छ,’ उहाँले भन्नुभयो ‘बेनीका सामुदायिक विद्यालयमा थामिनसक्नु विद्यार्थी गाउँबाटै गएर भएका हुन् ।’

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


गर्बुजाले गाउँमा चहलपहल बढाउन शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रको पूर्वाधारमा समेत उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले बेनी–पात्लेखेत–झिँ–पाखापानी सडकको गण्डकी प्रदेश सरकार माफृत बहुबर्षीय ठेक्का प्रक्रीया अघि बढेको जानकारी गराउनुभयो ।
पाखापानीसम्म कालोपत्रे सडक तीनबर्षभित्र पुग्ने बताउनुभयो । ‘हामीले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छौ, भौतिक पूर्वाधारमा तीनै तहले प्राथमिकताका आधारमा लगानी बढाउनुपर्छ’ गर्बुजाले भन्नुभयो ।

Shreekrishna


उहाँले निर्वाचनको समयमा चुनावी प्रतिबद्धता अनुसारका सबै काम आफ्नो कार्यकालमा पूरा गरेरै छोड्ने समेत प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बिमला गौचनले शैक्षिक क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउदै ग्रामिण क्षेत्रमा शैक्षिक क्षेत्र संगै पर्यटन क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा कार्यक्रममा २०७९ सालको एसईई परिक्षामा पास हुने विद्यार्थीलाई सम्मान, विद्यालयको शैक्षिक सुधार गर्नका लागि अक्षयकोष स्थापना गर्ने सहयोगदातालाई सम्मान, आर्थिक सहयोगदातालाई सम्मान, विद्यालयमा अध्यापन गराएका पूर्व शिक्षकहरुलाई सम्मान र अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितका अध्यक्ष पदम बहादुर शेरपुजा अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अबस्था र आर्थिक, शैक्षिक भौतिक प्रतिवेदन प्र.अ यामबहादुर शेरपुञ्जाले प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा भलिबल सहितका खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...