समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण ः सांसद गर्बुजा

Shreekrishna hardware

बुकेनी, । प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ ।

म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित गांम्फा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।

‘राजनितिक सँगै सामाजिक परिवर्तनमा युवाहरु र क्लबको भुमिका महत्वपुर्ण हुन्छ,’ उहाँले भन्नुभयो ,‘आगामी दिनमा पनि क्लबको रचनात्मक क्रियाकलापमा मैले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

Shreekrishna

साथै माघेसङ्क्रान्ति पर्वको शुभकामना व्यक्त गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले जिल्लाको विकास, समृद्धि र सुशासनको लागि आफुले काम गरिरहेको बताउनुभयो । साँस्कृतिक पर्वमा सञ्चालित मेलाले गाउँका युवाहरुविच आपसी भाइचाराको सम्बन्ध स्थापित गर्न र प्रतिभाको पहिचान गर्नमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

ऐतिहासिक स्थल गांम्फा धुरीको पर्यटन प्रवद्र्धन र पुर्वाधार निर्माण,क्लबको खेल मैदान,आमा समुहको भवन लगायत वडाको विकासलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वडामा कांग्रेसका जनप्रतिनिधि भएपनि विकास र समृद्धिका लागि सबै वडाबासी एकजुट भएर लाग्न आग्रह गर्नुभयो । कुनै स्वार्थ नराखी जिल्लाको विकास र जिल्लाबासीको जिवनस्तरमा परिवर्तन ल्याउन आफु राजनिति र समाजसेवामा होमिएकाले इमानदार भएर काम गर्ने सांसद गर्बुजाको भनाइ थियो ।

Ban devision notice

वडा अध्यक्ष लालबहादुर रोका, कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्याल र जिल्ला खेलकुद विकास समितिका सचिव योगेन्द्रमान शेरचनले खेलकुद प्रतियोगिता र मेलाले गाउँका युवाहरुविच भाइचाराको सम्बन्ध स्थापित गर्नमा मदत पुग्ने बताउनुभयो ।

क्लब अध्यक्ष अमिन रोकाले खेलकुद क्षेत्रको विकास, प्रवद्र्धन र प्रतिभा पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउनुभयो । कार्यक्रममा खेलमैदान निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाको रु. ८ लाख बजेट र स्वेदश तथा विदेशमा रहेका बुकेनीबाट करिब रु. सात लाख सहयोग जुटाएर खेलमैदान निर्माण गरिएको छ । जग्गा खरिदको लागि बुकेनी आमा समुहले पाँच लाख सहयोग गरेको थियो । उक्त खेलमैदानको वडा अध्यक्ष लालबहादुर रोकाले पुस २६ गते उद्घाटन गर्नुभएको थियो ।

जग्गा खरिद र खेलमैदान निर्माणको लागि मंगला–५, पिपलबोटका विरेन्द्र बुढाथोकीले रु. एक लाखसहयोग गर्नुभएको थियो । क्लब अध्यक्ष रोकाका अनुसार पुरुष, महिला र प्रौढ भलिबल प्रतियोगिता प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रु. ६० हजार र ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रौढ भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी महिला भलिबल विजेता र उपविजेताले क्रमशः २० हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुस २६ गतेदेखि सञ्चालित मेलामा सोमबार चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्माले सांगितीक प्रस्तुती दिनुभएको थियो । यसैगरी कलाकार पविता पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै स्थानीय कलाकारहरुले नृत्य प्रस्तुती गरेका थिए । स्थानीय कलाधार कँडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...