मुस्ताङका स्याउ कृषकलाई रु. ३८ लाख अनुदान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

जोमसोम, मुस्ताङका स्याउ कृषकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३८ लाख भन्दा बढी अनुदान पाउने भएका छन् ।

स्याउको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यालय मुस्ताङले यान्त्रीकरण, चिस्यानगृह, संकलन केन्द्र र सिचाई योजना निर्माणका लागि रु. ३८ लाख ६० लाख अनुदान पाउने ५० वटा फर्म, कृषक समूह र सहकारी छनौट गरेको हो ।

परियोजनाका प्रमुख नेत्रप्रसाद भट्टले पूर्वाधार निर्माणमा कुल लागतको ८५ र यन्त्रउपकरण खरिदमा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो । “अनुदानका लागि मापदण्ड अनुसार आवेदन संकलन र स्थलगत मूल्याङकन पछि छनौट गरिएको हो,” उहाँले भन्नुभयो “अनुदानका लागि छनौट भएका फर्म, समूह र सहकारीलाई सम्झौता गर्न बोलाएका छौ ।”

Shreekrishna

१० मेट्रिक्टन क्षमताको स्याउ भण्डारण गर्ने चिस्यानगृह बनाउन घरपझोङ गाँउपालिका–२ को आयुस कृषि तथा पशुपंक्षी फर्मले रु. १४ लाख अनुदान पाएको छ । घरपझोङ–२ को मार्फा मितेरी कृषि सहकारी संस्था र वडा नम्बर–१ को कर्म कृषि तथा पशुपक्षी फर्मले संकलन केन्द्र स्थापना गर्न रु. पाँच÷पाँच लाख अनुदान पाएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दामोदरकुण्ड गाँउपालिका–१ को लुम्बिनी, वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–५ को मुक्तिछिमी, वडा नं –५ को मोलम, वडा नं –४ को डोमा कृषि तथा पशुपक्षी फर्म, घरपझोङ–५ को ठिनी, वडा नं.–२ को मार्फा पोस्क्यु कृषक समूह र थासाङ–१ को टुक्चे स्याउ फर्मले सिचाई पूर्वाधार निर्माणका लागि अधिकतम रु. एक लाख पचास हजार का दरले अनुदानका लागि छनौट भएका छन् ।

स्याउ यान्त्रीकरण शिर्षकमा ४० जना कृषकले पचास प्रतिशत अनुदानमा ४ वटा मिनिटेलर, ४२ वटा सिकेचर, १४ वटा करौती, १६ वटा तराजु, ३३ वटा मोटर स्प्रे, १२ वटा पावर स्प्रे, २ वटा रिजेक्ट्रोमिटर मिटर खरिदका लागि रु. पाँच लाख अनुदान पाउने परियोजनाका प्राविधिक गणेश जिसीले बताउनुभयो ।

“परियोजना कार्यान्वयन इकाईको प्राविधिक समितिको बैठकले अनुदान पाउने फर्म, समूह र सहकारी संस्था छनौट गरेको हो,” उहाँले भन्नुभयो “स्याउ खेतीलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय उत्पादन तथा बजारीकरणमा जोड दिएका छौ ।”

स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपुर्ति गराउन परियोजनाको सहयोगमा मुस्ताङमा यसअघि पाँच वटा चिस्यानगृह निर्माण भएको छ । मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ ।

मुस्ताङ जिल्लाबाट यस वर्ष रु. ४९ करोड भन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । जिल्लाभर चार हजार ९७५ मेट्रिक्टन स्याउ उत्पादन भएको मध्य चार हजार ४७७.५ मेट्रिक्टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको स्याउ जोनका प्रमुख भट्टले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...