बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट पुनः ललित जि.सी.को अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा घनश्याम पौडेल र कोषाध्यक्षमा हिक्मत शेरच नचयन हुनुभएको छ ।
सदस्यहरुमा महेन्द्र बानिया, भिमकुमारी पुन, राधिका सापकोटा, लाल बहादुर थापा, दुर्गाराम सुवेदी र एकिन्द्र बहादुर कटुवाल रहनुभएको छ । दुर्गा केसीको संयोजकत्वमा बिष्णुप्रसाद गौतम र तारादेवी छन्त्याल सदस्य रहेको लेखा समिति चयन भएको छ ।
साधारणसभाको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभएको थियो । उपप्रमुख लामिछानेले सहकारी संस्थाहरुले उद्देश्य अनुसार सेयर सदस्यहरुसँग मात्र कारोबार गर्न निर्देशन दिनुभयो । सहकारी संस्थाहरुलाई नियमन गर्न नगरपालिकाले निगरानी बढाएको उहाँले बताउनुभयो ।