योजना र बजेट कार्यान्वयनमा सुुधार गर्छौ ः मन्त्री जुुग्जाली

khali

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले चालुु आर्थिक वर्षका योजना र बजेट कार्यान्वयनमा सुधार हुुने दावी गर्नुुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताहरुका लागि मंगलबारदेखि पोखरामा शुुरु भएको अभिमुखीकरण कार्यक्रममा मन्त्री जुुग्जालीले विगतका वर्षको तुुलनामा यस वर्षको बित्तीय र भौतिक प्रगतिमा सुुधार हुुने बताउनुुभयो ।

“प्रदेशको कुुल पुुजिगत बजेट रु. २० अर्ब मध्य रु. ११ अर्ब बजेट भौतिक मन्त्रालयको छ । हालसम्म समग्रमा १२ प्रतिशत बजेट खर्च भएको छ,” उहाँले भन्नुुभयो “साना र मझौला प्रकृतिका योजनाको ठेक्का प्रक्रीया सकेर सम्झौता र पेश्कि भुुक्तानी हुुन थालेको छ । बहुुबर्षीय ठेक्का लगाउने योजना छनौट गरेर ठेक्का प्रक्रीया थालेका छौ । यसअघिका बर्षमा ठेक्का लागेका धेरै योजनाहरु यसपाली सम्पन्न हुुदैछन् । गत वर्ष ५७ प्रतिशत बजेट खर्च भएको थियो । यसपाली ७० प्रतिशत भन्दा बढी पुुजिगत बजेट खर्च गर्ने कार्यायोजना बनाएका छौ ।”

Shreekrishna hardwear in news
khali

भौतिक मन्त्रालयले रु. तीस लाख भन्दा कम बजेटका टुुक्रे योजना नबनाएको र गत वर्षको तुलनामा योजना संख्या कम भएकाले नियमन र गुुणस्तर कायम गर्न सहज हुुने उहाँले बताउनुुभयो । मन्त्री जुग्जालीले नागरिकमा आशा र सकारात्मक सोचको अभिवृद्धि हुने किसिमका समाचार प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सङ्घीयतालगायत मुलुकले हासिल गरेका परिवर्तनका मुद्दाप्रति जनआस्था बढाउने गरि पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनुभयो । “अहिले सबैतिर निराशा मात्रै बाँड्ने प्रवृत्ति बढ्दो छ, यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “पत्रकारलगायत हामी सबैले त्यस किसिमको नकारात्मक प्रवृत्तिको सामूहिक प्रतिवाद गर्नु जरुरी छ ।”

राससले आफ्नो सेवामा विविधिकरणसँगै कर्मचारी र समाचारदाताको दक्षता अभिवृद्धिका लागि जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । राज्यद्वारा सञ्चालित समाचार समिति भएपनि राससले सरकारका राम्रा÷नराम्रा दुवै कामलाई औँल्याउनुपर्ने मन्त्री जुग्जालीले बताउनुभयो । उहाँले राससको भौतिक संरचना निर्माण र सेवाको स्तरीकरणका लागि प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । 

राससका अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई विविधिकरण गरि अन्तर्राष्ट्रिय स्तरको समाचार समिति बनाइने बताउनुभयो । उहाँले निकट भविष्यमा राससको सेवालाई चौबिसै घण्टा विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । “पछिल्लो समय श्रव्यदृश्य सेवा, विचार सेवा, मातृभाषामा समाचार सेवा गुरु गरिएको छ, यी सेवाप्रति राम्रो प्रतिक्रिया आइरहेको छ”, अध्यक्ष झाले भन्नुभयो, “सेवा विस्तारसँगै जनशक्तिलाई पनि प्रशिक्षित गरिरहेका छौँ, अभिमुखीकरण कार्यक्रम तालिम सबै प्रदेशमा सञ्चालन हुँदैछ ।”

उहाँले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यलमा राससको सेवालाई विविधिकरण र स्तरीकरणको काम अगाडि बढाइएको बताउनुभयो । अध्यक्ष झाले सरकारले अनुदान सहयोग बढाएमा देशभरका सञ्चारमाध्यमलाई निःशुल्क समाचार वितरण गर्न रासस तयार रहेको बताउनुभयो । लोकतन्त्रलाई बलियो बनाउन सूचनामा आम नागरिकको पहुँच हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससका समाचारदातालाई दक्ष र प्रतिस्पर्धी बनाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । गण्डकीसँगै लुम्बिनी र मधेश प्रदेशमा समाचारदाता क्षमता विकासको कार्यक्रम सम्पन्न भइसकेको भन्दै छिट्टै सुदूरपश्चिम र बागमती प्रदेशमा सो कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

राससका प्रधानसम्पादक एकराज पाठकले राससको समाचार सेवालाई विविधिकरण गर्दै लगिएको बताउनुभयो । उहाँले राससका सामग्री देशका अधिकांश सञ्चारमाध्यमले प्रयोग गरेपनि स्रोत उल्लेख नगर्ने प्रवृत्ति बढीरहेको बताउनुभयो । 

राससका पूर्वसञ्चालक सदस्य गङ्गाधर पराजुलीले राससले पहिलोपटक मातृभाषाको समाचार दिन सुरु गर्नु ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्नुभयो । सूचना–प्रविधिमा आएको परिवर्तनले पत्रकारसामु नयाँ चुनौती थपिएको भन्दै उहाँले पत्रकारले समयसापेक्ष रुपमा आफ्नो क्षमता विकास गर्नुपर्ने बताउनुभयो । पूर्वसञ्चालक सदस्य पराजुलीले रासस राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा छवि कायम गरेको समाचार समिति रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले राससलाई स्वतन्त्र र व्यावसायिक सञ्चार संस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कार्यक्रममा जोड्न सके पत्रकारको भविष्य सुरक्षित रहने उल्लेख गर्नुभयो । महासचिव सुवेदीले रासस धेरै सञ्चारमाध्यमको समाचार स्रोत रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष बिमला भण्डारीले राससको विश्वसनीयता कायमै रहोस् भनि शुभेच्छा प्रकट गर्नुभयो । उहाँले पत्रकारले आफ्नो पेसाप्रति सँधै गौरव गर्नुपर्ने बताउनुभयो । 

बुधबारसम्म चल्ने अभिमुखीकरणमा राससका अध्यक्ष झा, महाप्रबन्धक राई, प्रधानसम्पादक पाठक, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस संयोजक नरहरि सापकोटालगायतले सहजीकरण गर्ने रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका राससका ३० भन्दा बढी समाचारदाता र कर्मचारीको सहभागिता रहेको छ ।
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...