बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

Gandaki Kotihome

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जंक फुड’ निषेध र बालबालिकालाई सिपमुलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“स्थानीय स्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौ,” उहाँले भन्नुभयो “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छौ । दिवा खाजाका लागि ताजा तरकारी किन्नु परेको छैन् ।”

विदा र छुट्टिको समयमा शिक्षकहरुले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाजर, मटरकोसा, सिमी, केराउ प्रजातीको तरकारी लगाएका छन् ।

करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हाँसिल गरेका बताउनुभयो ।

Annapurna aarohan ko notice

विद्यालयका शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रसोधन गरेर विद्यार्थीहरुले गुन्द्रक बनाएका बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुलाई दुना टपरी बनाउने सिप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीहरुलाई स्थलगत रुपमा खेतबारी, गोठ र फर्ममा लैजाने गरिएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ जना विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि सरकारले प्रति विद्यार्थी रु. १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीलेनै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् ।

अर्का शिक्षक तिर्थबहादुर बानियाले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताउनुभयो । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फुलको बगैचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।

रमणीय वातावरणमा व्यवहारिक, जिवनउपयोगी र व्यवसायिक शिक्षा हाँसिल गर्न पाउँदा विद्यार्थीको सिकाई उपलब्धी पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाई उपलब्धी भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठ जना दरबन्दी, एक जना निजी स्रोतका शिक्षक, एक जना बालविकास र एक जना कर्मचारी छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...