बिम घटना फलोअप- घाइते प्रियंकाको उपचारका क्रममा पोखरामा ज्यान गयो, एक जना शंकास्पद व्यक्ति प्रहरीको नियन्त्रणमा

Gandaki Kotihome

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका बज्यै नातीनिको हत्या भएको छ ।

धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उनले भने ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।’

Shreekrishna hardwear in news

चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया मालिका–७ बिम तल्लोगाउँकी अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले बताए ।

जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो ।

Notice about ban dadalo

प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथी पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

‘एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौ,’ प्रनाउ कुँवरले भने ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्य सहित सवै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौ ।’

मनिषाको शव परिक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । प्रियंकाको शव पनि बेनी ल्याउने तयारी भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...