रोटरी क्लबद्धारा छात्रवृत्ति बितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिकाको मल्लाजका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति बितरण गरेको छ ।

क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट विद्याज्योती माविका १५ जना र आरसिके हेल्पीङ ह्याण्ड्स फर नेपाल कार्यक्रम मार्फत अन्य तीन वटा विद्यालयका २५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो ।

समाजकल्याण आधारभूतका १०, विन्धबासीनी आधारभूतका ५, फट्केढुङगा आधारभूतका १० जनालाई जनही रु. दुई हजार पाँच सयका दरले छात्रवृत्ति वितरण गरिएको छ । यसैगरी विद्याज्योती माविका १५ जनालाई जनही रु. चार हजारका दरले वितरण गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वडा सदस्य ठाकुरप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, क्लवका पुर्ब अध्यक्ष समेत रहनुभएका माझफाँटका ध्रुब कुँवरले छात्रवृत्ति बितरण गर्नुभयो ।

आरती नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्याज्योती माविका प्रअ रघुनाथ आचार्य र समाजकल्याण आधारभूत विद्यालयका शिक्षक इन्द्रबहादुर विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...