मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्रमा च्याङग्रा जोनको सहयोग

khali

जोमसोम, ः मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)ले जोड दिएको छ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ मा खोर सुधारका लागि ७ वटा र स्रोत केन्द्र स्थापना गर्न दुई वटा फर्मले रु. पचास लाख ४७ हजार अनुदान पाउने भएका छन् । परियोजनाको प्राविधिक समितिको बुधबार जोमसोममा बसेको बैठकले खोर सुधार र स्रोत केन्द्र स्थापना शिर्षकमा अनुदान पाउने फर्म छनौट गरेको च्याङग्रा जोनका नायव पशु सेवा प्राविधिक गणेश जिसीले बताउनुभयो ।

“खोर सुधारमा १९ वटा र स्रोत केन्द्रका लागि दश वटा आवेदन परेका थिए,” उहाँले भन्नुभयो “छ÷छ वटा आवेदन परेको पशु नष्ल सुधार तथा उत्पादन वृद्धि र आहरा व्यवस्थापन कार्यक्रमबाट अनुदान पाउने फर्म छनौटको प्रक्रीयामा छौ ।”

Shreekrishna hardwear in news

अनुदानका लागि मापदण्ड अनुसार आवेदन संकलन र स्थलगत मूल्याङकन पछि छनौट गरिएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ पुटाक का सपना खोला एग्रो र लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्वाका उजुहोक कृषि तथा पशुपंक्षी फर्मले च्याङग्रा स्रोत केन्द्रका लागि रु. चौध÷चौध लाखका दरले अनुदान पाउनेछन् ।

खोर सुधार कार्यक्रमका लागि रु. तीन लाख २१ हजारका दरले अनुदान पाउनेहरुमा वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, वडा नं. ४ को थिङल्ह र आमा कर्साङ, वडा नं. १ को गाम्बो अर्गानिक, लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ को तिन्जिङ, वडा न. ५ को ताक्ला र वडा नं. ४ को सुर्खाङ कृषि तथा पशुपंक्षी फर्म रहेका छन् ।

khali

पुर्वाधार निर्माणमा ८५ प्रतिशत अनुदान र कृषकले १५ प्रतिशत सहभागिता जनाउनुपर्ने परियोजनाका प्रमुख नेत्रप्रसाद भट्टले बताउनुभयो । परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन बढाउन परियोजनाले जोड दिएको छ ।

तीन वर्षअघि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागू भएको थियो । च्याङग्राको पाठापाठी उत्पादनका स्रोत केन्द्र स्थापना गरिएको हो । स्रोत केन्द्रका लागि च्याङग्राको वोका उपलब्ध गराउने परियोजनाले जनाएको छ ।

च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न थालिएको कृषक आङजेन गुरुङले बताउनुभयो । च्याङग्रा जोनका लागि चालु आर्थिक वर्षमा रु. ८६ लाख ८९ हजार बिनियोजन भएको छ । पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधी, आहारा, खोप, कृषकलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन हुने जोनले जनाएको छ ।

गत वर्ष ५८ जना कृषक आवद्ध १० वटा समूहलाई खोर सुधार गर्न रु. तीन÷तीन लाखका दरले अनुदान दिइएको थियो । यसैगरी दुई वटा स्रोत केन्द्र निर्माणमा रु. २८ लाख अनुदान दिईएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा ७ वटा फार्मको खोर सुधार गर्न रु. २१ लाख, संकलन केन्द्रमा रु. १२ लाख र स्रोत केन्द्रमा रु. १४ लाख खर्च भएको थियो ।

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । ६५ वटा ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटा सम्म घरघरमा च्याङग्रा पालेका छन् ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...