बेनी जोमसोम कोरला सडकको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु

khali

पोखरेबगर, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिर देखि वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका ईञ्जिनियर अच्युत विलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुङ्ग–तातोपानी क्षेत्रमा बिटुमीन र चिप्स सहित पहिलो कोड राख्न थालेको जानकारी दिनुभयो ।

“गाउँपालिकाको केन्द्र पोखरेबगर र नागढुङ्गा–भुरुङ्गतातोपानी क्षेत्रमा फस्ट कोड राखेको छ,” उहाँले भन्नुभयो “महभिर देखि भिरकाटे सम्म कालोपत्रका लागि बेस राखिसकेको छ । त्यहाँ फस्ट कोड राख्ने तयारी भएको छ ।” करिब तीन किलोमिटर सडक कालोपत्र गर्न लागिएको ईञ्जिनियर पन्तले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग तातोपानीको नागढुंगा खण्डका निर्माण व्यवसायी तीन वर्षपछि काममा फर्किएर कालोपत्र गर्न थालेका हुन् । रघुगंगा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न वि.स. २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजना बीच ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकुल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण कार्य वि.स. २०७७ हिउँददेखी सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रीया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्न थालेका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले बताउनुभयो ।

“पहिरोग्रस्त स्थल र कडा पहरा फुटाउनुपर्ने भागमा वाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस विछ्याउने काम सकिएको छ,” उहाँले भन्नुभयो “चमेरे, वैसरी र महभिर बाहेकको सडकमा कालोपत्रको तयारी भएको छ ।”

khali

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दुरीमा सब बेस र बेस राख्ने काम सकिएको बताउनुभयो । “मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर दुरी सम्मको सडक यसपालीनै कालोपत्रे गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ,” उहाँले भन्नुभयो ।

यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरो स्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ ।

रघुगंगा गाउँपालिकाको राहुपारे देखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका ईञ्जिनियर तिमिल्सीनाले बताउनुभयो ।

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मुल ठेकेदार आएको हो । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मुल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सूचारु भएको छ । वि.स. २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा देखि वडा नम्बर–३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सूरु भएको हो ।

भारत र चिनलाई जोड्ने ४३५ किलोमिटर दुरिको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरिको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजना मार्फत १३ वटा पक्कि पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...