जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

Gandaki Kotihome

बेनी,। पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार एक दिने स्कुुलीङ प्रशिक्षण दिइएको छ ।

जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा, केन्द्रिय सदस्य मधुमाया अधिकारी, बखानसिंह गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला संयोजक मनरुपा शर्माले माओवादी आन्दोलनको पृष्ठभूमि, उपलब्धी र योजनाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Upper Myagdi transmition line notice

पार्टीको कार्यदिशा र कार्यनीतिको विषयमा बलावती शर्मा, संगठनबारे बखानसिंह गुरुङ, दृष्टिकोण निर्माण बारे गुणाखर बस्याल, कार्यकर्ता व्यवस्थापन बारे लोकराज आचार्य, प्रचण्ड नेतृत्वको सरकारको सकारात्मक काम बारे मधुुमाया अधिकारी (गुरुङ), सूूचना प्रविधिका बारेमा रामचन्द्र पौडेल, पार्टीको गाउँपालिकाको ईतिहाँस र वर्तमान आवश्यबारे बाबुुराम कार्की, स्थानीय सत्ता सञ्चालन र गाउँपालिकाको आत्मनिर्भरता बारे दिपक आचार्य, धन्यवाद मन्तब्य मनरुपा शर्माले राख्नुुभयो ।

Annapurna aarohan ko notice

माओवादी आन्दोलनको उपलब्धीका रुपमा रहेको संघीयता र गणतन्त्र सहितको संविधानको कार्यान्वयन गर्दै नागरिकको अवस्था सुधारका लागि शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दामा केन्द्रित हुुनपर्ने नेताहरुले बताउनुभयो ।

रुपान्तरण अभियानले माओवादीलाई कमजोरी सुधार गरेर थप सुदृढ र जनतामा आशा जगाउन सफल भएको नेताहरुले बताउनुभयो । माओवादीका युवा नेता तथा जलजला ९ का जननिर्वाचित वडा अध्यक्ष गौबहादुर पुन लगायत स्थानीय नेता कार्यकर्ताहरुको व्यवस्थापनमा बनौमा कार्यक्रम भएको हो ।

अभियानको क्रममा जलजलाको ९ वटै वडामा कार्यकर्ताको सदस्यता नविकरण, नयाँ सदस्यता विस्तार, जनभेटघाट, सुझाव संकलन र प्रशिक्षण दिइएको माओवादी केन्द्र जलजला कमिटिका अध्यक्ष तथा जलजला गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।

धेरै वर्षपछि माओवादीका नेताहरु गाउँगाउँमा पुग्दा नागरिकले जनताका मुद्दा र समस्या समाधानमा केन्द्रित हुदै कार्यशैली सुधार गर्न सुझाव दिएका छन् । प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका माओवादी केन्द्र जलजलाका सचिव सोम बहादुर जिसीले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...