बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष अणबहादुर खड्का (भगवान)को सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सदस्य बिनोद केसी, ज्योती लामिछाने, प्रदेश सांसद हरि भण्डारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बाबियाचौरको कार्यक्रममा माओवादीका केन्द्रिय सदस्य चन्द्रबहादुर बुढा, केन्द्रिय सदस्य निलबहादुर पुन, प्रदेश सहसचिव टेकबहादुर बिक, जिल्ला संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले प्रशिक्षण दिनुभएको थियो ।

माओवादी केन्द्र मंगलाका उपाध्यक्ष कुलबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी, मनमाया चोचाङ्गी र गाउँपालिका कमिटिका अध्यक्ष यामबहादुर रोकाले मन्तब्य व्यक्त गर्नुभएको सचिव पृथीलाल बिकले जानकारी दिनुभयो ।

जनतासँग माओवादी रुपान्तरण अभियान अन्तरगत समिक्षा सहित अगुवा कार्यकर्ताहरुलाई क्षमता विकासका लागि राजनैतिक र बैचारिक प्रशिक्षण दिइएको हो । माओवादीको पृष्ठभूमि, योगदान, गरेका काम र भावि योजनाका विषयमा सहजिकरण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...