सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण

Gandaki Ghumau

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान जुटाएर सिंगाको राजीकुलोमा श्रमदान जुटाएर ब्याडमिन्टन खेल्न मिल्ने खेलमैदान बनाएका हुन् । १८ मिटर लम्बाई र १२ मिटर ढलान भएको खेलमैदान निर्माण गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

“ब्याडमिन्टन कोर्ट बनाउन वडा कार्यालयको प्रस्ताव र सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. तीन लाख बजेट बिनियोजन गरेको थियो,” उहाँले भन्नुभयो “उपभोक्ताहरुले थप रु. एक लाख पचास हजार बराबरको श्रमदान गरेर खेलमैदान बनाएका हुन् ।”

Shreekrishna
Gunasthariya Shiksya

राजीखोलाको किनारमा रहेको पाखो सम्माउने, पर्खाल बनाउने र घेराबार गरिएको छ । खेलमैदानको डिलतर्फ जस्तापाटा राखेर घेराउ गरिएको छ । यसअघि सिंगाका बासिन्दाहरु ब्याडमिन्टन खेल्नका लागि म्याग्दी एकेडेमिको खेलमैदानमा जाने गरेका थिए ।

स्थानीय रवी बानियाले कोर्ट भएपछि खेल अभ्यास र फुर्सदको समय व्यवस्थापन गर्न सहज भएको बताउनुभयो । बिहान र साँझको फुर्सदको समयमा स्थानीय युवाहरु ब्याडमिन्टन खेल्ने गर्छन् ।

म्याग्दीमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । शारिरिक ब्यायम र फुर्सदको समय व्यवस्थापन गर्न ब्याडमिन्टन खेल प्रभावकारी बनेको छ । ग्रामिण क्षेत्रमा पनि ब्याडमिन्टनको क्रेज बढेको छ । आकर्षण बढेसँगै ब्याडमिन्टन खेल पूर्वाधार बन्न थालेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...