धम्पुुस–लाचोक सडक कालोपत्र गर्न यसै बर्ष ठेक्का लगाउँछौ– मन्त्री जुुग्जाली

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

धम्पुुस ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले कास्कीको माछापुुच्छ्रे गाउँपालिका स्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ ।

नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शनिबार कास्कीको धुम्पुसमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुुग्जालीले मध्य पहाडी लोकमार्गको हेम्जा फेदी देखि धम्पुुस–ल्वाङ हुुदै माछापुुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोक जोड्ने १९ किलोमिटर सडक कालोपत्र सहित स्तरोन्नति गर्न लागिएको जानकारी दिनुुभयो ।

“भौतिक मन्त्रालयअन्र्तगतको आरसीआइपी परियोजना मार्फत धम्पुुस–लाचोक सडक कालोपत्र गर्न यसै आर्थिक वर्षभित्र रु. ६१ करोड बराबरको ठेक्का लगाउछौ,” उहाँले भन्नुुभयो “आयोजना कार्यान्वयनमा स्थानीय समुुदाय र जनप्रतिनिधिहरुबाट सहयोग तथा सहजिकरणको वातावरण हुुनेछ् ।”

Shreekrishna

नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक समेत रहनुुभएका मन्त्री जुुग्जालीले प्रदेश सरकारले पिछडिएका र दुुर्गम क्षेत्रमा गुुणस्तरीय यातायात सेवा उपलब्ध गराउन सडक र पुुल निर्माणका आयोजनाहरुलाई प्राथमिकता दिएको बताउनुुभयो ।

यसअघि घाटामा चल्दै आएका सार्वजनिक संस्थानहरुले नाफा कमाउन थाल्नुु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको उपलब्धी भएको बताउनुुभयो । पोखरामा रहेका म्याग्देलीहरुको दुुःखमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको हैसियतमा सधै सँगै रहने बताउनुुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“पछाडी परेको म्याग्दी जिल्लाको समग्र विकासलाई माथि उठाउन कसरी सकिन्छ भनेर हामीले प्रयास गरेका छौ,” उहाँले भन्नुुभयो “तेरो र मेरो नभनी विकासका काममा हातेमालो तथा सहकार्य गरेर अघि बढ्नुुपर्छ । सही नेतृत्व भयो भने विकास सम्भव छ र निराशा हटाउन सकिन्छ भन्ने विश्वास दिलाउछौ ।”

माछापुच्छ्रे गाउँपालिका–७ का वडा अध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता बैकुुण्ठ भण्डारीले फेदी–धम्पुुस–ल्वाङ–लाहाचोक सडक निर्माण कार्य छिटो अघि बढाउन मन्त्री जुुग्जालीको ध्यानाकर्षण गराउनुुभएको थियो । १९ किलोमिटर दुरीको यो सडक स्तरोन्नति भएमा स्थानीयबासीका साथै पर्यटकहरुलाई सहज हुुने वडा अध्यक्ष भण्डारीले बताउनुुभयो ।

नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा–सम्पर्क समितिका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता, सचिव बेलबहादुुर परियारको सञ्चालन र उपाध्यक्ष ओम बहादुुर पुनले समापन गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुुन मगर, माओवादीका कास्की जिल्ला ईञ्चार्ज नेत्रनाथ अधिकारी, पोखरा महानगर अध्यक्ष हरिनारायण गिरी,नेता सिर्जना त्रिपाठी, बेनी नगर कमिटि अध्यक्ष सेरबहादुुर केसी, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुुप गौचन, नेता अर्जुुन थापा लगायतको उपस्थिति रहेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...