मिलनचोक–रातोढुुङ्गा प्रशारण लाईनका पोल, तार लगायत संरचना नछुन विद्युत प्राधिकरणको आग्रह

Gandaki Kotihome

बेनी, म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रशारण लाईन आयोजनाको आजदेखि परिक्षण शुरु भएको छ ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरिको प्रशारण लाइनबाट रातोढुुङ्गामा निर्माण भएको ३३÷११ केभी क्षमताको सवस्टेशन विद्युत आपुर्ति गराउन परिक्षण थालिएको हो ।

नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले करेन्ट प्रवाह गरिने भएकाले मिलनचोक–रातोढुङ्गा प्रशारण लाइनका पोल, तार, स्टे लगायत अन्य संरचना नछुन र नचलाउन सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ ।

Upper Myagdi transmition line notice

आयोजनाका प्राविधिक रोहन शर्माले प्रशारण लाईनको परिक्षण र सवस्टेशन चार्ज गर्न लागिएको बताउनुभयो । प्रशारण लाइनको पोल गाड्ने, तार तान्ने, सवस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएको छ । रातोढुङ्गामा सवस्टेशनको आवास भवन निर्माणको अन्तिम चरणमा छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले एक हप्ता अघिदेखि पहिलो चरणको परिक्षणको काम थालेको थियो । परिक्षण पछि कुुनै समस्या आएन भने यही डिसेम्बर महिनाको अन्तिमसम्म प्रशारण लाइन र सवस्टेशन सञ्चालन गर्ने तयारी रहेको निर्माण कम्पनी ए टुु जेड ईञ्जिनियरीङका प्रतिनिधी पद्यसागर लुुइटेलले बताउनुभयो ।

Annapurna aarohan ko notice

नेपाल बिद्युत प्राधिकरण मार्फत सो कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रशारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाति चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सूूचारु भएको थियो ।

चार वर्ष अघिनै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रशारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन विस्तार र विद्युत आपुर्ति प्रभावित भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी लगायतले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गर्नुभएको थियो ।

रातोढुुङ्गा सवस्टेशन र प्रशारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालीका र मंगला गाउँपालीकामा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत प्राधिकरणको म्याग्दी बितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

“हाल मिलनचोक सब स्टेशनबाट चार वटा फिडरबाट लामो दुरिमा विद्युत आपुर्ति गराउदाँ समस्या भएको छ,” उहाँले भन्नुभयो “२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन भएको समस्या हट्छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...