मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

Gandaki Kotihome

शिवाङ, ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ ।

धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुुना जोड्ने सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुने जानकारी दिनुुभयो ।

“दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । धारापानी देखि ताकम हुुदै शिवाङ सम्मको सडक कालोपत्र गर्न यसै वर्ष बहुुबर्षीय ठेक्का लगाउन रु. २५ करोड बजेटको स्रोत सुनिश्चितता भएको छ,” उहाँले भन्नुुभयो “शिवाङ देखि मच्छिम हुुदै मुुना सम्मको सडक कालोपत्र गर्न अर्को प्याकेजको आयोजना शुुरु गर्छौ । मुुना मरेनी हुुदै ढोरपाटन जोड्ने सडकलाई ब्यवस्थित बनाउन पहल गरेका छौ ।”

Shreekrishna hardwear in news

बेनी देखि दरवाङ–मुुना–जलजला–ढोरपाटन हुुदै पुुर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बाग्लुुङ खण्ड भन्दा ६५ किलोमिटर छोटो हुुने भएकाले वैकल्पिक सडक बनाउन पहल गरिएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।

Notice about ban dadalo

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुुर्जालाई सडक सञ्जालमा जोड्ने संघीय, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु. छ करोडको आयोजनाको ठेक्का आव्हान भइसकेको जानकारी दिनुुभयो । लमसुङ स्थित दरखोलामा मोटरेबल पुल बनाउन रु. एक करोड पचास लाख बिनियोजन भएको र यसै बर्ष ठेक्का लाग्ने बताउनुभयो ।

जलविद्युुत आयोजनालाई निर्माण सम्पन्न, धौलागिरि र गुुर्जा हिमाललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरेर धवलागिरी गाउँपालिकालाई सम्बृद्ध बनाउन सकिने मन्त्री जुुग्जालीले बताउनुुभयो ।

ऐतिहाँसिक ताकमकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन र हेम नमुुना आवासीय माविलाई थप व्यवस्थित बनाउन प्राथमिकता दिने उहाँले प्रतिवद्धता जनाउनुुभयो । संघीयताका कारण म्याग्दी जस्तो विकट र दुुर्गम जिल्ला तथा भूूगोलमा विकास तथा सेवामा पहुुँच बढेको मन्त्री जुुग्जालीले बताउनुुभयो । अहिलेको व्यवस्थालाई सवलीकरण र सुुधार गर्नुुको विकल्प नभएको उहाँको भनाई थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...