प्रकाश माविलाई राष्ट्रपति रनिङ्ग शिल्ड

Annapurna notice 3

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ ।

२५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले लगातार दुई बर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ ।

प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ । प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।

Shreekrishna
DRM Notice 1

त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कास्य पदक सहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र २ स्वर्ण, १ रजत र २ कास्य पदक सहित तृतिय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।

विद्यागत रुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई ट्रफि र मेडलद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरु सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डक खेलकुद प्रतियोगिताको लागि समेत खेलाडी छनौट भएकाले खेल अभ्यासलाई निरन्तरता दिन मेयर केसीले विद्यार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा भएको थियो । यस बर्ष नगरपालिकाले न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने नियम बनाएर प्रतियोगिता सञ्चालन गरेको थियो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...