दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैचाभित्र रहेको विद्युत वितरण लाइनको नाङगो तार हटाउन थालिएको छ ।

सुुन्तलाको बगैचाभित्र रहेको विद्युुतको नाङगो तारका कारण दुुर्घटनाको जोखिम बढेको विषयमा मंसिर २५ गते धौलागिरि खबर लगायतका सञ्चार माध्यममा “बगैचा पस्न डराउँछन दोसल्लेबासी” शिर्षकको समाचार प्रकाशन भएको थियो ।

समाचार सार्वजनिक भएपछि नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले सुुन्तला बगैचाभित्र रहेको नाङगो तार हटाउन थालेको दोसल्लेका बासिन्दा समेत रहनुु भएका अन्नपूूर्ण गाउँपालिकाका पुुर्व उपाध्यक्ष केशमाया मगरले जानकारी दिनुुभयो ।

Shreekrishna

उहाँका अनुुसार नाङगो तार हटाएर राखिने एबिसी केबुुल तार सहित मजदुुर र प्राविधिकहरुको टोली बुुधबार दोसल्ले पुुगेको छ । “सुुन्तलाको हाँगाले नाङगो तार छोएकाले बगैचाभित्र पस्न विद्युतको करेन्ट लागेर विद्युतीय दुर्घटना हुने जोखिम थियो । अब हट्ने भएकाले खुुुसी भएका छौ,” उहाँले भन्नुुभयो “प्रदेशसभा सदस्य हरि भण्डारीको पहलमा नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्र मार्फत तत्कालै तार परिवर्तनको काम शुुरु भएको हो ।”

नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुुख प्रताप बरालले जनप्रतिनिधिको समन्वय र समाचार सार्वजनिक भएपछि प्राधिकरणको नेतृत्वबाट भएको निर्देशन अनुुसार दोसल्लेमा एक किलोमिटर भन्दा बढी वितरण लाइनको नाङगो तार हटाएर एबिसी केबुुल राख्न थालिएको बताउनुुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पुरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैचाको बिचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नांगो तारले हाँगा छुन थालेको छ ।

“सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैचामा जाँदा करेन्टको झट्का आउँछ,” दोसल्ले व्यवसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भन्नुभयो “तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । ४०० भोल्टको विद्युत प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाईजाले बताउनुभयो ।

जनभेटघाटका लागि गत महिना दोसल्ले पुुगेका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयबासीले विद्युतीय दुर्घटनाको जोखिम न्युनीकरणका लागि नांगो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

सांसद भण्डारीको नेतृत्वमा प्राविधिक टोलीले स्थलगत निरिक्षण र सर्वेक्षण गरेपछि तार परिवर्तनको काम थालिएको हो । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुना लगायत ठाउँमा बस्ती र बगैचा माथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको सांसद भण्डारीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...