बालमन्दिरमा अक्षय कोष स्थापना

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले जोशी १ लाख १ हजार रुपैयाँको कोष स्थापना गर्नुभएको हो ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता तुलाचन, गौचन र शेरचनले नगद रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर चर्माकार, प्रअ सुरेन्द्रराज केसीलाई हस्तान्तरण गनुभयो ।

Upper Myagdi transmition line notice

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष चक्रबहादुर केसी लगायतको उपस्थिीत रहेको थियो ।

Annapurna aarohan ko notice

मेयर केसीले विपन्न विद्यार्थीले पठनपाठन गर्ने विद्यालयमा सरकारी स्रोतबाट मात्रै अपुग हुने भएकाले विभिन्न सहयोग संकलन गरी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।सहयोगदाता एवम् विद्यालयकी पूर्व प्रअ साधना तुलाचनले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनालाई विद्यालयले विभिन्न माध्यमबाट सहयोग जुटाएर विद्यार्थीलाई सहयोग गर्ने गरेको छ । बालमन्दिरमा अधिकांस निम्न आर्थिक अवस्था भएका, विभिन्न जिल्लाबाट मजदुरी गर्न आएका, अभिभावकविहिन बालबालिकाहरु पठनपाठन गर्छन् ।

अक्षय कोष स्थापना कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष चर्माकार, स्वागत प्रअ केसी र सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो । बालविकासदेखि कक्षा ९ सम्म पठनपाठन हुने विद्यालयमा साढे २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...