न्यु धौलागिरि सहकारीको साधारणसभाको अवसरमा दन्त शिविर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा शुरु भएको छ । सहकारीले शनिबारदेखि सेवा केन्द्र स्तरीय साधारणसभा गर्न थालेको हो ।

धवलागिरी गाउँपालिका–३ मुनामा साधारणसभाको अवसरमा शनिबार निःशूलक दन्त शिविर पनि आयोजना गरिएको छ । कोर स्माइल डेन्टल क्लिनिकका सञ्चालक दन्त चिकित्सक मोचन श्रेष्ठ, डा. सिर्जना कार्की र सहयोगी शिक्षा पुनको प्राविधिक सहयोगमा ११२ जना सेयर सदस्यहरुको निःशूल्क दन्त परिक्षण र उपचार गरिएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna

सहकारीको धवलागिरी सेवा केन्द्रका संयोजक मदन मल्लको अध्यक्षतामा भएको शिविरको उद्घाटन धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले गर्नुभएको थियो । धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठ, सञ्चालक समिति सदस्य तथा लेखा सुपरिवेक्षण समिति संयोजक गोविन्द प्रसाद पौडेल, बरिष्ठ व्यवस्थापक बसन्तकुमार श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
संस्थाका सदस्य बलबहादुर गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक भिम बिक्रम मल्ल, तुलप्रसाद श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सदस्यहरुको लागि सहकारी शिक्षासम्बन्धी प्रशिक्षण संस्थाका उपाध्यक्ष रामजी प्रसाद सुबेदीले गर्नुभएको थियो ।

प्रशिक्षणका क्रममा सहकारी सदस्यहरुको काम, कर्तव्य, अधिकार, संचालकहरुको दायित्व, बित्तीय साक्षरता एवं संस्थागत गतिबिधिहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...